Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कठै मेरो जुनी म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित )

\"13342276_1329755790387936_596648020_nकाठमाडाैं । धेरै नेपालीले भोग्नु परेको बास्तविक पिडा र भोगाईलाई समेटेर तयार पारिएको गीत कठै मेरो जुनि सार्वजनिक भएको २४ घण्टा पनि नवित्दै धेरै स्रोत तथा दर्शकको मन जित्न सफल भएको छ । जनगायकको छवि बनाएको गायक बद्रि पंगेनीले आवाज दिएका सो गीतमा विदेशमा नेपालीहरुले भोग्नु परेको पिडा र समस्यालाई विषय बस्तु बनाइएको छ । गायक पंगेनीले पनि गीतको बारेमा प्रतिक्रिया दिँदै गीतले सबै नेपालीहरुको प्रतिनिधित्व गरेको बताउदै गीतमा अभिनय गर्ने कलाकारहरुको प्रशंसा गरेका छन । कामको शिलशिलामा जापानमा रहेका बागलुङका युवा सर्जक दिपक कँडेलले यस अगाडी बजारमा ल्याएको गीत हिरा मोतीले स्रोत तथा दर्शकको मन जित्न सफल भए पछि त्यस्तै पिडा र बेदना समेटेर अर्को लोक गीत कठै मेरो जुनि बजारमा ल्याएका हुन । जापान र नेपालमा छायाङकन गरिएको सो गीतमा सर्जक दिपकको समेत दमदार अभिनय देख्न सकिन्छ । आँफुले भोगेका र देखेका कुराहरुलाई समेटेर गीत बनाएको छु यो गीत भन्दा पनि बढि हामी सबैको बास्तविक पिडा हो सबै स्रोत तथा दर्शकले गीत मन पराइदिनेमा आफु आशावादी रहेको सर्जक कँडेलले बताए । दिपक कँडेलको मर्म स्पर्शी शव्द रहेको सो गीतमा लय जापानमै रहेको सर्जक प्रेम सापकोटो बनाएका हुन । गीतमा सर्जक दिपक कँडेलका माता,पिता हजुर आमा र श्रीमती को समेत अभिनय देख्न सकिन्छ । साथमा अभिनयमा सर्जक कृष्ण आचार्यले पनि साथ दिएका छ । प्रेम थापा र विनोद भण्डारीले निर्देशन गरेको सो गीत हमाल म्युजिकले बजार व्यस्थापन गरेको हो । हमाल म्युजिकका सञ्चालक सञ्जन हमालका अनुसार गीतले समाज र विदेशीने नेपालीको बास्तविक कथा बोलेको हुँदा आफुलाई मन परेको बताउदै आफ्नो तर्फबाट गीतलाई सक्दो सहयोग गर्ने बताउनु भयो । गीत नेपाल र जापानमा समेत छायाङकन गरिएको छ । गीत सार्वजकिन भएको २४ घण्टा पनि नवित्दै गीत विभिन्न च्यानलहरुमा गरी २० हजार भन्दा बढिले हेरी सकेका छन् । भने पाँच सय भन्दा बढिले शेयर गरिसकेका छन् । हेर्नुहोस म्युजिक भिडियो https://www.youtube.com/watch?time_continue=9&v=WWrg1DrfHB4
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: