Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्नु पर्छ  : प्रवक्ता, नयाँ शक्ति

\"Khimlal-750\"भक्तपुर । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताएका हुन । द्वन्द्वको समयका घटनालाई अपराधिकरण गर्ने वा क्रान्तीकरण गर्ने भन्ने बिषयलाइ ध्यान दिन नसके प्रचण्ड र गृहमन्त्री बस्नेतको समेत यस्तै अवस्था हुने उनले बताए । नाकाबन्दी सकिएको लामो समय सम्म पनि सरकारले कालोबजारीको संरक्षणमा लागेका कारण नेपालीले सास्ती खेप्नु परेको भन्दै उनले वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएकोले जनताको समस्या समाधान गर्न नसक्ने यो सरकार पूर्णरुपमा असफल भएको देवकोटाले बताए । भुकम्पको पिडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजिओ र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको भन्दै प्रवक्ता देवकोटाले पुननिर्माण प्राधिकरणलाई राजनीति भर्तिको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाए । नयाँ शक्तिले आर्थिक समृद्धिको नारा बुझेरै उठाएको भन्दै उनले भने , ‘ उत्पादनमुखि बन्ने र देशको आर्थिक बजेट १० खरबका साथै बिदेशीको सहयोग लाई सहि सदुपयोग गरेमा मात्र बार्षिक १० लाखको हाराहारीमा रोजगारी श्रृजना गर्दै पाँच बर्षमा बेरोजगारीको अन्त्य गर्न सकिने नयाँ शक्तिसँग खाका रहेको दाबी गरे । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनको ब्यवस्थामा नयाँ शक्ति नेपाल पार्टी रहेको भन्दै यदि यसो भएको राजनीति जटिलताहरुको अन्त्य तर्फ सहजता मिल्ने समेत देबकोटाले बताए । नेपालमा प्रत्यक्ष रुपमा बिदेशीहरुको हस्तक्षेप रहेको भन्दै उनले नेपाल र नेपाली सक्षम बन्दै राजनीतिक क्षेत्रलाई सक्षम पार्न सके हस्तक्षेप समेत अन्त्य गर्न सकिने देबकोटाले बताए । नेपाल दुई ठूला आर्थिक समृद्धि हासिलतर्फ अग्रसर भएका देशका बीचमा भएकाले दुइ देश बीचको पुलको भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै लाभ लिन सक्नु पर्नेमा उनले जोड दिए । नेपाली राजनीतिमा नयाँ शक्तिले आर्थिक पार्दशिताको पाठ सिकाएको बताउँदै उनले आरोप प्रत्यारोप गर्नु भन्दा पनि नयाँ शक्तिको आर्थिक पाटो बारे जानकारी लिन चाहने सबैलाई केन्द्रिय पार्टी आएर हिसाब किताब हेर्न सकिने बताए । नयाँ शक्तिमा ४० प्रतिशत पुरानै मुहार जो बिभिन्न राजनीतिक दलका र अन्य ६० प्रतिशत नयाँ मुहार रहेको भन्दै उनले नयाँ शक्तिमा युवाहरुको बाहुल्यता रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending