Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

होसियार यी पाँच गल्ती कहिल्यै नगर्नुस , जसले विर्गाछ तपाईको स्वास्थ्य

\"habit\"काठमााडाैं । घर तथा कार्यालयको कामले पेलिँदा हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पुग्छ । अस्वस्थ वातावरण, अस्वस्थ खानपान तथा बानी व्यहोराले व्यक्तिगत स्वास्थ्य बिगार्न अझै ठूलो भूमिका खेल्छन् । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने केही कारण यस्ता छन् जो हामीले दिनहुँ गर्दछौँ । यी हुन् ५ गल्ती जो हामीले दिनहुँ दोहोराउँछौँ र यसले हाम्रो स्वास्थ्यमा नोक्सान पूरयाइरहेकाे हुन्छः १. राति अवेर सुत्नु – प्रायः हामी रातमा अवेरमात्र सुत्छौँ । कतिले कामका कारण छिटो ओछ्यानमा लड्न पाउँदैनन् भने कतिले खासै काम केही नभएपनि टिभी, कम्प्युटर तथा मोबाइलमै रात ढलुन्जेल बिताउँछन् । रात अबेर सुत्ने र बिहान छिटै उठ्ने गर्दा पर्याप्त निद्रा पुग्दैन । निद्रा नपुग्नाले खानपिनको आनीबानी बिग्रिनुका साथै स्मरण लगायतका स्वास्थ्य समस्या पनि आउँछन् । कम सुत्ने बानीले मानिसलाई बढि भोक लाग्ने र यसबाट मोटोपनाको समस्या पनि उत्पन्न हुने विज्ञहरु बताउँछन् । २. खाना खाने बित्तिकै ब्रस गर्ने– खाना खाएपछि दाँत माझ्नुपर्छ, हामी सबैलाई थाहा छ । तर खाना खाने बित्तिकै दाँत माझ्नु हुँदैन, केही समय पर्खिनुपर्छ । खाना खाने बित्तिकै दाँत माझ्नाले दाँतमा असर पुग्छ र दाँत खिइने तथा कमजोर हुने समस्या पैदा हुन्छ । खाना खाएको कम्तीमा ४० मिनेटपछि मात्र दाँत माझ्नु उपयुक्त हुने बताइन्छ । ३. बारम्बार अनुहारमा हात लगाउने– धेरै मानिसको बानी नै हुन्छ अनुहारमा हात दलिरहने । कतिपयले अनुहार राम्रो देखाउनका लागि समेत हातले पुछिरहन्छन् । तर यसो गर्नु राम्रो होइन । यसरी बारम्बार अनुहारमा हात दल्नाले अनुहारको छालामा हातमा भएका जिवाणु सर्ने र त्यसले अनुहारको छाला संक्रमित हुने जोखिम बढि हुन्छ । ४. सुत्नुभन्दा पहिले मोबाइल हेर्ने – सुत्नु भन्दा पहिले मोबाइल हेर्ने बानी पनि खराब हो । यसले निँद कम आउने तथा हृदयाघातको जोखिम पनि बढ्ने विज्ञहरु बताउँछन् । सुत्नुअघि फोन चलाउने काम गर्नुहुँदैन । ५.घाममा ठमठमी हिँड्ने– सूर्यको किरणमा हुने हानिकारक किरणहरुले अनुहार तथा सरीरको अन्य भागको छालामा असर पूराउँछ । त्यसैले घाममा नांगो छाला देखाएर हिड्नु हुँदैन । परावैजनी किरणले क्यान्सर समेत गराउन सक्छ । त्यसैले हानिकारक किरणबाट बच्नको लागि सनस्त्रिmन क्रिम लगाउने वा छाता ओड्ने गर्नुपर्छ । सकेसम्म चर्को घाम लागेको बेला बाहिर अनावश्यक रुपमा हिँड्नु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: