Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

सहमति भए ठिक नत्र प्रक्रिया अघि बढ्छ– नेम्वाङ

काठमाडौं, सत्तारुढ दल र विपक्षी मोर्चाकाबीच संविधान निर्माण, बहुमतिय प्रक्रियाबाट गर्ने अथवा सहमतिय प्रक्रियाबाट गर्ने भन्ने विषयमा गतिरोध चली रहँदा संविधानसभा अध्यक्ष सुबास नेम्वाङले संविधानसभा अनन्त कालका लागि स्थगित गर्न नसकिने भन्दै सक्रिय भएका छन् । संविधानसभाका अध्यक्षको सिंहदरबार स्थित कार्यकक्षमा शिर्ष नेताहरुलाई बुधबार दिउँसो डाँकेका उनले सहमति गर्ने हो अथवा संविधानसभाको स्थगित बैठकलाई सुचारु गर्ने हो भन्नेबारे छलफल गरी रहेका छन् । यस अघि नेम्वाङले प्रमुख दलका सचेतकहरुलाई बोलाएर कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल गरेका थिए । बैठकमा नेम्वाङले दलहरुलाई सहमति गर्न समय दिदाँ पनि कुनै उपलब्धी हुन नसकेको भन्दै शिर्ष तहबाटै सहमति भए ठिक नत्र प्रक्रियामा गएर भएपनि संविधान ल्याउनु पर्ने धारणा राखेको बुझिएको छ । शिर्ष नेताहरुसँग नेम्बाङले दिउसो १ बजे देखि छलफल जारी राखेका हुन् । बैठकमा संविधानसभाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी तथा मधेसवादीका शिर्ष नेतृत्व तथा विभिन्न वार्तामा सहभागि भैरहेका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ । नेम्वाङले सक्रियता लिनु अघि सोमबार सत्तारुढ दल एमाले अध्यक्ष खड्गप्रसाद ओलीको निवासमा बसेको कांग्रेस–एमालेको वैठकले विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रक्रियामा जानका लागि संविधानसभा अध्यक्ष नेम्वाङलाई अगाडि सार्ने र वार्ताको औपचारिकता पुरा गर्दै प्रक्रियामा जाने निर्णय गरेको थियो । वैठकमा नेम्वाङले दलहरुले सहमति गर्न नसक्ने हो भने संविधानसभालाई चिरकालका लागि स्थगित गर्न नसकिने भन्दै संविधानसभाको वहुमतिय प्रक्रिया मार्फत भएपनि संविधान जारी गर्नु पर्ने बताउँदै आएका छन् । सिंहदरवारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइराला भर्खरै वाहिरिएका छन् भने कांग्रेसबाट कानुन मन्त्री नरहरी आचार्य, महेश आचार्य एमालेबाट गृहमन्त्री तथा उपाध्यक्ष बामदेव गौतम, भिम रावल, अग्नी खरेल, एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गिरीराजमणी पोखरेल तथा मधेसवादी दलहरुको तर्फबाट फोरम लोकतान्त्रीकका विजय गच्छदार, फोरम अध्यक्ष उपेन्द्र यादव सहभागि रहेको संविधानसभा अध्यक्ष नेम्वाङको सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies