Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

छोराले अन्तरजातीय बिहे गरेपछि बाबुलाई लगाइयो जुत्ताको माला

\"Juttaपर्सा । छोराले अन्तरजातिय बिबाहा गरेको भन्दै गाँउका मुखिया एवम् पूर्व गाविस अध्यक्षसहितका अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाँउ घुमाएका छन् ।

बुधबार वीरगन्ज उपमहानगरपालिका–२१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई गाँउका मुखिया र अगुवाहरुले जुत्ताको माला लगाएर गाँउ घुमाएका हुन् ।

उनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रविना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । बुधबार बिहान गाउँमै पञ्चायती अर्थात सर्वपक्षीय छलफल गरी उनलाई जुत्ताको माला लगाएर गाँउ घुमाउने निर्णय गरेका थिए ।

पञ्चायतको निर्णयानुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाइदिन गाँउका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए ।

मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाहरुको अगुवाइमै गाँउलेहरुले शिवपुजनलाई गाँउ परिक्रमा गराएका थिए ।

जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखिया र गाउँका अगुवाहरुले शिवपुजनलाई कुटपिट पनि गरेको पीडितका काहिँला छोरा नानक चन्द साह तेलीले बताए ।

भवानीपुर गाँउमा पटेल जातिको बाहुल्यता रहेको छ । दुव्र्यबहार पछिपनि पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् । तर उनका छोरा नानक चन्दले खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी नै मुखियाहरु शिवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending