Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बैतडी पशु विज्ञान कलेजका बिद्यार्थीहरु आन्दोलनमा

बैतडी, १० असार । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका बिद्यार्थीहरु पठनपाठन ठप्प पार्दै संघर्षमा उत्रिएका छन् । कलेज प्रशासनले आफ्ना मागहरू प्रति बेवास्ता गरेको भन्दै बिद्यार्थीहरुले प्रशासन भवनमा तालाबन्दी गरेपछि हिजोबाट सम्पुर्ण शैक्षिक गतिविधि प्रभावित भएको हो । बिद्यार्थीहरु होस्टेलको मर्मतसम्भार अविलम्ब गरिनुपर्ने, कक्षाकोठा प्रविधिमैत्री बनाउनु पर्ने, स्वच्छ र नियमित खानेपानीको व्यवस्था गरिनुपर्ने, ल्याव तथा लाइब्रेरीको स्तरोन्नति गरिनुपर्ने, ल्यावका कर्मचारीहरुको शैक्षिक योग्यता निर्धारण गरिनुपर्ने, प्रयोगात्मक र आन्तरिक परीक्षा समयतालिका अनुसार नै हुनुपर्ने, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने, खेलकुदका पुर्वाधारहरु बिकास गरिनुपर्ने लगायतका मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन् । पहिलो चरणको शान्तिपूर्ण आन्दोलनवाट माग पुरा नभएपछि दोस्रो चरणको आन्दोलन अन्तर्गत कलेज प्रशासनमा तालाबन्दी गरिएको संघर्षरत बिद्यार्थीहरुले निकालेको विज्ञप्तिमा जनाइएको छ । अबको वार्ता कलेज व्यवस्थापन समितिसँग मात्रै गर्ने भन्दै बिद्यार्थीहरुले अडान पनि लिएका छन् । बिद्यार्थीका जायज मागप्रति प्रशासन उदासीन भएकाले दबाबका लागि पठनपाठन ठप्प पार्नुपरेको आन्दोलनरत बिद्यार्थीमध्येका एक निर्मल भुषालले बताए । साथै, अर्का बिद्यार्थी सन्तोष अधिकारीले आन्दोलन रहर नभई बाध्यता भएको बताएका छन् । त्यस्तै, अर्का आन्दोलनरत बिद्यार्थी अनाम किरणले माग पूरा नभएसम्म कुनै पनि बहानामा आन्दोलन नरोकिने र तालाबन्दी पनि नखुल्ने जनाएका छन् । उता आक्रोशित बिद्यार्थीहरुले आज कलेज प्रशासन बिरुद्ध नाराबाजी गरेपछि वातावरण केही समय तनावग्रस्त बनेको थियोे । यस बिषयमा कलेज प्रमुख परमानन्द जोशीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन हुन सकेन । कलेजमा हाल देशका विभिन्न जिल्लाका दुई सय बिद्यार्थी अध्ययनरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending