Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

थोरै पढेर जसले विश्व हल्लाइदिए

सफल र अर्बौ रुपैयाँ कमाउन धेरै पढ्नुपर्छ भनिन्छ । तर, संसारमा यस्ता मानिसको पनि जन्म भएको छ जसले थोरै पढेर पनि संसारमा सनसनी फैलाएका छन् । कामप्रति लगाव र निरन्तरताले उनीहरुलाई सफलताको सिंढीमा मात्र पुर्याएको छैन, सफलता र प्रगतिको लागि उनीहरु मार्गदर्शक बनेका छन्– अल्बर्ट आइन्सटाइन, वैज्ञानिक मानव इतिहासकै तीक्ष्ण बुद्धि भएका व्यक्ति मानिन्छ वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई । औपचारिक शिक्षामा निक्कै कमजोर रहेका आइन्सटाइन तीन सयभन्दा बढी विज्ञानसम्बन्धी अनुसन्धानमूलक लेख लेखेका र सापेपक्षतावादको सिद्धान्त प्रतिपादन गेर भौतिकशास्त्रको दुनियाँसित समग्र विज्ञानकै क्षेत्रमा तहल्का मच्चाइदिएका छन् । गणित विषयका ज्ञाता उनी स्कूल पढ्दा गणितमा फेल भइरहन्थे । औपचारिक शिक्षाप्रतिको यस्तै उदासीनताका कारण उनले स्कूले जीवन सिध्याउन सकेनन् । पछि उनले विश्वविद्यालयमा भर्ना हुन सीधै आवेदन दिए । तर, प्रवेश परीक्षा पास गर्न सकेनन् । पछि आफ्नो प्रतिभा देखाएर चर्चाको शिखरमा पुगेपछि उनलाई विश्वविद्यालयले अन्ततः भर्ना लियो र उनले उच्च शिक्षा हासिल गरे । हेनरी फोर्ड, अर्बपति ‘सेल्फ मेड म्यान’को चर्चा गर्दा धेरैले लिने नामा हो अमेरिकी उद्योगी हेनरी फोर्ड । व्यक्तिगत पहलबाटै उनले अमेरिकामा पहिलोपटक अटोमोबाइल उद्योग स्थापना गरे । सोही उद्योगको फोर्ड गाडी अहिले संसारभर चढिन्छ । यो कम्पनीलाई संसारकै ठूलो उद्योगको सूचीमा पनि राखिन्छ । विश्वचर्चित सफलताको शिखरमा पुर्याउने यो कम्पनीका संस्थापक फोर्डको औपचारिक शिक्षा सामान्य मात्रै हो । किसान परिवारका उनले आर्थिक अवस्था कमजोर रहेकै कारण पढ्न पाएनन् । यदाकदा स्कूल पुग्ने गरे पनि उनले आर्थिक अभावकै कारण स्कूल छोड्नुपर्यो । मेसिनप्रति गहिरो रुची राख्ने उनी १७ वर्षको उमेरमा मेकानिक भए । पछि उनले अमेरिकामै पहिलोपटक कार कम्पनी खोलेर आफूलाई अर्बपतिको सूचीमा राख्न सफल भए । विलियम सेक्सपियर, नाटककार साहित्यमा संसारकै विलक्षण प्रतिभाका रुपमा दरिने नाम हो विलियम सेक्सपियर । स्कूलको शिक्षा सामान्यमात्रै पाएका सेक्सपियरले ‘ह्यामलेट’, रोमियो एण्ड जुलियट’, ‘म्याकवेथ’ लगायतका उच्च कोटीका नाटक लेखेर सधैंधा चर्चाका शिखरमा मात्रै छैनन् । उनका कृति संसारभरका स्कूलदेखि विश्वविद्यालयसम्म पढिन्छ । बेलायतको किग्स स्कूलमा भर्ना भए पनि उनले १३ वर्षकै उमेरमा स्कूल छाड्न पुगे । राम्रो शिक्षा नलिएका र विश्वविद्यालयका मुख नै नदेखेका सेक्सपियरलाई इतिहास, दर्शनशास्त्रसहितमा कसरी ज्ञान आर्जन भयो भनी धेरैले आश्चर्य मान्ने गरेका छन् । किनकी त्यतिबेला यस्ता गहन ज्ञानले भरिएका पुस्तक विश्वविद्यालयका पुस्तकालयमा मात्र पाइन्थे । स्टिभ जब्स, एप्पलका सहसंस्थापक थोरै पढेर विश्वमा तहल्का मच्चाउनेको अर्को नाम हो अहिले विश्वभर चर्चित बनेको ब्राण्ड एप्पलका सहसंस्थापक स्टिभ जब्स । थोरै पढेर छोटो समयमा चर्चा कमाउन अमेरिकी उद्योगी विलगेट्स फेसबुकका संस्थापक मार्क जुकरवर्गको नाम पनि बारम्बार लिने गरिन्छ । तर, थोरै पढेर पनि उनले आफूलाई सफल बनाउन पुगे । जब्सले स्टोभ वोन्नियाकको सहकार्यमा पर्सनल कम्युटर विकास गरेका थिए । पछि उनीहरुले आइपड, आइफोन, र आइप्याड विकास गरे । प्रविधिका क्षेत्रमा यत्ति ठूलो उपलब्धी र व्यावासायिक रुपमा सफल बनाउने यिनको पढाई भने त्यत्ति राम्रो थिएन स्कूल सकाएर क्याम्पसमा भर्ना भए पनि महंगो भएकै कारण उनले पढाई छाडिदिए । पछि उनले क्यालीग्राफीमा कक्षा लिए जुन पछि एप्पल उप्पादन डिजाइन गर्न यस्ता सिर्जनात्मक कक्षामा सिकेका कुराले निक्कै फाइदा पुर्यायो । अमिर खान भारतीय अभिनेता भारतीय अभिनेता अमिर खानले पनि औपचारिक शिक्षा खासै हासिल गरेका छैनन् । स्कुल पढ्दादेखि नै उनी पढाईभन्दा खेलकुदमा बढी रुची राख्थे । आइएसम्म जसोतसो पढाई सकाएपछि उनी टेनिस खेलतिर लागे । तर, पछि टेनिसमा सफल खेलाडि बन्ने सोच त्याग्दै ग्ल्यामरको दुनियाँमा प्रवेश गरे । आठ वर्षकै उमेरमा उनले नासिर हुसेनले निर्देशन गरेको गीति फिल्म ‘यादों की बारात’मा काम गरेका थिए । साथै, उनले ‘मदहोसी’ फिल्ममा पनि बालकलाकार भएर काम गरे । अभिनयको आनन्दले उनी पढाईमा लाग्न सकेनन् र बडिउडमा स्थापित भएरै छाडे । (शुक्रबार साप्ताहिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: