Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

'विप्लवजीको पार्टीलाई हामी चिन्दैनौं'

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई आफूहरुले औपचारिक रूपमा ‘नचिनेको’ बताएका छन् । माओवादी आन्दोलनको जनसांस्कृतिक फाँटका चर्चित एवम् स्थापित व्यक्तित्व समेत रहेका थापाले भने– ‘हुन त म विप्लवजीको पार्टीका दुई–तीनवटा कार्यक्रममा सहभागी नै भइसकेको छु । तर, ती राजनीतिक कार्यक्रम नभई सांस्कृतिक कार्यक्रम थिए । जुनसुकै माओवादी घटकले मलाई त्यस्ता कार्यक्रममा बोलाउँछन् र म जान्छु ।’ एकीकृत नेकपा (थौथो महाधिवेशन), नेकपा (मशाल), नेकपा (एकताकेन्द्र) हुँदै नेकपा (माओवादी) को केन्द्रीय नेतृत्वमा रहेर दसवर्षे जनयुद्धको नेतृत्वकर्तामध्ये एक रहेका मणि थापाले बिहीबार खबरडबलीसँगको अनौपचारिक कुराकानीमा भने– ‘तर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने सन्दर्भमा होस् वा पार्टी बनिसकेपछि होस्– हामीले यस्तोयस्तो तरिकाले पार्टी बनाउने भयौं वा बनायौं है कमरेड भनेर विप्लवजीहरुले औपचारिक भेटघाट–छलफल त कुरै छाडौं, एक कल फोन गरेर समेत फर्मल्ली जानकारी गराउनुभएको छैन ।’ विप्लव नेतृत्वको माओवादी र नेता विप्लवप्रति आफ्नो शुभेच्छा र सदभाव रहेको उल्लेख गर्दै थापाले भने– ‘आफू नेतृत्वको पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका रुपमा स्थापित गर्न, आफूलाई सुयोग्य नेतृत्वका रुपमा विकसित तुल्याउन तथा माओवादी आन्दोलनलाई नयाँ आवश्यकताअनुसार व्यावहारिक ढंगले अगाडि बढाउन विप्लवजीहरुले गर्नुपर्ने काम धेरै नै बाँकी छन् ।’ ‘सिद्धान्त र क्रान्तिका कुरा त छँदै छन्, यी एकै रातमा फत्ते भईहाल्ने काम पनि होइनन् तर जनताका दैनन्दिन समस्या र जनजीविकाका सवाललाई लिएर विप्लवजीहरुले नयाँ ढंगको संघर्ष उठाउने जुन प्रयास गरिरहनु भएको छ, त्यो हामीलाई पनि ठीकै लागेको छ’, माओवादीहरुबीच ध्रुवीकरणको चर्चा व्यापक रहेका बेला तपाईंहरु चाहिँ के सोच्दै हुनुहुन्छ त भन्ने खबरडबलीको प्रश्नमा थापाले भने– ‘हामी पनि उहाँहरुसँगै एकीकृत भएर आन्दोलन अगाडि बढाउन चाहन्छौं तर जनशक्ति र जनआधारसहित क्रान्तिको नयाँ पहलकदमी गर्न खोज्नुभएका विप्लवजीहरुले नयाँ पार्टी र नयाँ आन्दोलनबारे हामीसँग पनि त गम्भीर छलफल गर्नुपर्‍यो नि !’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy