Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नेपाललाई थप १२० मेगावाट बिजुली दिन भारत तयार

\"Nepal-india-flag-750\" काठमाडौं, १३ असार।  नेपाललाई थप १२० मेगावाट बिजुली दिन भारत तयार भएको छ । आउँदो हिउँदमा आइपर्ने लोडसेडिङ अन्त गर्न भन्दै ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइन मार्फत थप बिजुली दिन तयार रहेको भारतले बताएको हो ।

दिल्लीमा आइतवारदेखि जारी नेपाल–भारत दुईपक्षीय बैठकमा भारतीय अधिकारीहरुले नेपाललाई आउँदो हिउँदमा आउन सक्ने लोडसेडिङको समस्या समाधान गर्न थप बिजुली दिने बताएका हुन् ।

बैठकमा सहभागी एक नेपाली अधिकारीले दिएको जानकारी अनुसार भारतीय पक्षले हालको ८० मेगावाट सहित २ सय मेगावाट बिजुली दिन कुनै कठिनाई नभएको बताएको थियो ।

बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि आवश्यक संयन्त्रहरु बनाउने तथा अन्तरदेशीय प्रसारण लाइनलाई थप विस्तार गर्ने लगायतका विषयहरुमा छलफल गर्न नेपाल र भारतीय अधिकारीहरुको बैठक नयाँदिल्लीमा जारी छ ।

भारतको यस बचनप्रति नेपाली अधिकारीहरु खुसी छन् । ‘यदि २०० मेगावाट विद्युत आयात गर्न सकियो भने पनि हिउँदको समयमा आइपर्ने लोडसेडिङलाई धेरै हदसम्म अन्त गर्न सकिन्छ,’ बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले भने ।

आइतबार पहिलो दिन ज्वाइन्ट वर्किङ ग्रुपको बैठक बसेको थियो । सो बैठकमा भारतले भविश्यमा थप विजुली दिन सकिने तर त्यसका लागि नेपालले पूर्वाधारहरु बनाउनुपर्ने बताएको थियो ।

थप बिजुली आयातका लागि हाल नेपालमा रहेका प्रसारण लाइनहरुले थेग्न सक्दैनन् । त्यसका लागि थप सवस्टेसन निर्माणको आवश्यकता पर्दछ । मुजफपुर–ढल्केवर अन्तरदेशीय प्रसारण लाइनबाट ६०० मेगावाट मात्र बिजुली आयात गर्न सकिन्छ । सो प्रसारण लाइन मार्फत हाल ८० मेगावाट बिजुली नेपाल आयात भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी डिसेम्बर महिनासम्म थप सवस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने तयारी गरिरहेको छ । सवस्टेसन निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिइएको छ । तर, त्यसप्रति भारत सन्तुष्ट छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending