Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

ब्रिटिस सरकारद्वारा जनमत सङ्ग्रहपछिका अफवाहको निन्दा

\"davidलन्डन, १३ असार । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका प्रवक्ताले बहुमत जनताले बेलायत युरोपियन युनियनबाट छुट्टिने पक्षमा मतदान गरेपछि मुलुकभित्र विभिन्न जातिवादी घटनाहरुले चर्चा पाएको भन्दै यस्ता गतिविधि सरकारका लागि सह्य नहुने बताएका छन् । सरकारले असहिष्णुतालाई सहन सक्ने छैन, क्यामरुनका प्रवक्ताले जनमत सङ्ग्रहपछि एकपछि अर्को गर्दै आप्रवासी समुदायलाई भयभित पार्ने काम भएको भन्दै त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको पत्रकारसँगको कुराकानीमा उनले बताए । सरकार राष्ट्रियताविरोधी गतिविधि गर्ने जो कोहीविरुद्ध पनि कानुनी कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उनले जानकारी गराए । उनले स्कटल्यान्डले १८ महिना पहिले जनमत सङ्ग्रह गरी संयुक्त राज्यबाट नबाहिरिने निर्णय लिएको सन्दर्भ बताउँदै भने, एउटा जनमत सङ्ग्रह गरेको दुई वर्ष नपुग्दै सोही विषयमा दोस्रो जनमत सङ्ग्रह गर्न खोज्नु ठिक नहुने दाबी गरे । स्कटल्यान्ड संयुक्त अधिराज्यमा रहने निर्णय १८ महिना जति बलियो थियो अहिले पनि त्यति नै बलियो भएकोप्रति पनि प्रधानमन्त्रीका प्रवक्ताले सचेत गराए । ईयूबाट बाहिरिन बेलायतलाई समय आवश्यक यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार बर्लिनमा एक कार्यक्रमबीच बोल्दै बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको सन्दर्भमा यसलाई आवश्यक तयारीका लागि समय दिइनुपर्ने बताए । उनले बेलायतलाई ईयूबाट बाहिरिन केही समय आवश्यक रहेको कुरा सबैले बुझ्नसक्ने विषय भएको बताए । यद्यपि बेलायतले जनमतको निर्णयबमोजिमको कार्यलाई छिट्टै अगाडि बढाउनुपर्छ भन्दै प्रक्रियालाई नलब्याउन बेलायती नेतृत्वलाई सचेत गराए । प्रक्रियालाई लम्ब्याउँदै अनिश्चिततातर्फ धकेल्न ईयूका २७ सदस्य राष्ट्रलाई वा बेलायत कसैलाई पनि राम्रो नहुने उनको धारणा थियो । बेलायतले ईयूबाट बाहिरिने निर्णयपछिको अवस्थालाई विश्लेषण गर्न समय लाग्ने कुरा सम्पूर्ण सदस्य राष्ट्रलाई अवगत हुने पनि उनले बताए । रासस÷ एएफपी केरीद्वारा ब्रेक्जिट निर्णय कार्यान्वयनमा धैर्य रहन आग्रह ब्रसेल्स, १३ असार । युरोप भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री जोन केरीले युरोपियन युनियन ९ईयू० सदस्य राष्ट्रलाई आफ्नो धिरता नगुमाउन सोमबार आग्रह गर्नुभएको छ । बेलायत २८ सदस्यीय ईयू समूह राष्ट्रबाट बाहिरिने निर्णय लिएको अवस्थामा बाहिरिँदा प्राविधिक समस्यालाई हल गर्न आवश्यक हुने भएको हुँदा केही समय ईयूले बेलायतलाई यसका लागि धैर्य रहनुपर्ने केरीले बताउनुभएको हो । विदेशमन्त्री केरीले भन्नुभयो, मलाई लाग्छ यो सङ्क्रमणकालीन अवस्थामा कसैले पनि आफ्नो प्रतिष्ठा विपरित अधैर्य वा मूर्खता प्रदर्शन गर्नु हुँदैन । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy