चैत्र ५ गते, २०७१ बिहिवार 19th March, 2015 Thu१५:५०:५५ मा प्रकाशित
काठमाडौं, नेपाल डेन्टल एशोसियसनले विश्व मुख स्वास्थ्य दिवस २०१५ का अवसरमा साताव्यापी अभियान अन्तर्गत शुक्रबार (६ चैत्र) विहान देशभर र्यालीसहितको जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एशोसियसनका उपाध्यक्ष एवम् मुख स्वास्थ्य दिवस सप्ताह आयोजना समितिका प्रमुख डा. सुभित मास्केले काठमाडौंमा हुने र्याली अनुसार भोलि विहान ८ बजे वसन्तपुर डबलीबाट रत्नपार्क, जमल, दरबारमार्ग, भद्रकाली हुँदै पुनः वसन्तपुर डबलीमा पुगी सभामा परिणत हुनेगरी मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक व्यानर, पोस्टर र प्लेकार्ड तथा नाराका साथ विशेष र्याली निकालिने जानकारी गराए ।
मास्केका अनुसार एशोसियसनले निःशुल्क दन्त शिविर, परामर्श, निश्चित अस्पतालहरुमा विशेष छुट लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ ।
एशोसियसनका अध्यक्ष डा.सुप्रभात श्रेष्ठले विगत वर्षझैं यस वर्षपनि भव्य तरिकाले देशव्यापी रुपमा गत चैत्र ३ गतेदेखि चैत्र ९ गतेसम्म ‘स्माईल फर लाईफ’ मूल नाराका साथ साताव्यापी रुपमा मुख तथा दन्त स्वास्थ दिवस मनाइरहेको जानकारी गराए ।
मुख स्वास्थ्य जनचेतनाका लागि आफूहरुले उक्त अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको जानकार दिए । उनले भने,‘मुख स्वास्थ्यको स्तरोन्नती गर्दै स्वस्थ जीवन यापनका लागि हामीले यो दिवसलाई भव्य रुपमा मनाउँदै छौं, यसबाट धेरैभन्दा धेरै नेपालीहरुले लाभ लिने विश्वास समेत हामीले लिएका छौं ।’
उनले स्वस्थ जीवनयापनका लागि दैनिक दुई पटक फ्लोराईडयुक्त टुथ पेस्टले दाँत माँझ्ने र मुख तथा दन्त स्वास्थ्य समस्या देखिए नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकहरुबाट मात्रै उपचार गराउन सल्लाह दिए ।
उनले भने,‘एन.एम.सी बाहेक अन्य निकायबाट नेपाल दन्त चिकिस्तासम्बन्धी उपचार गर्ने कुनै प्रावधान छैन, सरकारले पनि दन्त चिकित्सकबाहेक अन्यलाई क्लिनिक खोल्न एन.एम.सीको दर्ताविना स्विकृति दिँदैन, त्यसैले काउन्सिलबाट मान्यताप्राप्त चिकित्सकहरुबाट उपचार गराईए भविष्यमा कुनै समस्या भोग्नुपर्दैन ।’ यद्धपी अध्यक्ष श्रष्ठले विरामीहरुले पनि दन्त चिकित्सकको एन.एम.सी.को दर्ता नम्बर सुनिश्चित गरेर मात्रै उपचार गर्न सुझाव दिए ।
अध्यक्ष श्रेष्ठले सरकारी निकायबाट मुख स्वास्थ्य क्षेत्रमा धेरै कम सहयोग भएको, जिल्ला अस्पतालदेखि अञ्चल अस्पतालसम्म पनि दन्त चिकित्सकहरुको दरबन्दी अत्यन्तै न्युन रहेको, सरकारी क्षेत्रमा एउटा पनि दन्त अस्पताल नभएको लगायतका गुनासो पोखे ।
यसका अलवा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यmक्रमहरुमा समेत सरकारले सन्तोषजनक रुपमा सहयोग नगरेको उनको गुनासो छ । उनले ९० प्रतिशत दन्त चिकित्सा सेवा नीजी क्षेत्रले योगदान दिएको बताए ।
उनले सरकारी निकायले दुर्गममा जान चाहने डाक्टहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउन सके र दन्त चिकित्सा सहायकहरुलाई योग्यता, सीप र क्षमता अनुसार व्यवस्थापन गर्न सकिए हाल दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या धेरै हल हुने र दुर्गममा रहेका जनताले सजिलै सेवा पाउने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: