Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

युरो प्रिभ्यु : जर्मनी VS इटली, दुई ठुलाबिचको भिडन्त

\"Germany-vs-Italy\"काठमाडौं, १८ असार । विश्वकप फुटबलको उपाधिमा ४÷४ पटक राज गरेका युरोपका दूई ठुला टोलीहरु हुन् जर्मनी र इटली । युरोमा इटलीको इतिहास त्यति राम्रो छैन । जर्मनीले ३ पटक युरो उपाधि हात पार्दा इटलीले जम्मा १ पटकमै चित्त बुझाउन परेको छ ।
जर्मनीको कडा आक्रमण र इटली बलियो डिफेन्स क्षमता रहेका यी दुई टोलीको नतिजा के होला भनेर अनुमान लगाउन गाह्रो छ ।
युरोकपको सुरुवातमा इटलीलाई कमजोर टोली मानिएको भएपनि इटली आफु कमजोर नभएको प्रमाणित गरिसकेको छ ।
बेल्जियम र स्पेनजस्तो बलियो टोलीसँग जित निकालेको इटली कमजोर मान्न अहिले कोही तयार छैन
बलियो जर्मनी पछिल्लो समय जर्मनीले विश्व फुटबलमा राज गरीरहेको छ भन्दा अतियुक्ति नहोला । पछिल्लो विश्वकप जितेको जर्मनीले पछिल्ला ४ खेलमा गोल खाएको छैन । जर्मनीलाई को खेलाउने भन्ने समस्या छैन । भएका खेलाडी खेलाडीहरुमध्य कसरी छान्ने भन्ने समस्यामा छ । यसको अर्थ युरोकपमा भिडेका साना टोलीहरुको तुलनामा झण्डै ३ वटा देशलाई प्रतिपर्धा गर्न पुग्ने खेलाडीले भरिएको जर्मनीमा स्टार स्ट्राइकरहरुको भिड नै छ । थोमस मुलर, मारियो गोमेज, मारियो गोट्जे, मेस्युट ओजिल, स्वास्न्सटाइगर, खेडेरा र टोनी क्रुस जस्ता खेलाडीले जर्मनीको मुख्य हतियारका रुपमा काम गर्नेछन् । जर्मनीको आक्रमण निकै डरलाग्दो मात्रै छैन पछिल्लो विश्वकपमा अहिले इटलीलाई जस्तै मानिएको ब्राजिललाई ७ गोल हानेको इतिहास पनि छ । इटली इटली फुटबलमा जहिल्यै खराब लयमा हुन्छ भनेर विश्वास गर्नेहरुको संख्या कम छैन । तर युरोकपको समुहचरणदेखि याँहासम्म आइपुग्दा एक खेलमा एक गोल मात्रै खाएर आफुलाई बलियो प्रमाणित गरिरहेको छ । बेल्जियम र स्पेनजस्तो बलियो टोलीसँग जित निकालेको इटली कमजोर मान्न अहिले कोही तयार छैन । इटलीसँग सबैभन्दा ठुलो हतियार भनेको उसका विश्वका उत्कृष्ट गोलकिपर बुफोन हुनु हो । उसो त इटलीको रक्षा टोलीलाई युरोकपकै सबैभन्दा बलियो रक्षा रणनीतिका रुपमा बुझिन्छ । बलियो रक्षा रणनीति र काउण्टर आक्रमण इटलीको विशिष्ठ क्षमता हो । सबै आक्रमण गर्न तयार हुने र सबै रक्षा गर्न तयार हुने इटली विषेशतासमेत हो । मिडफिल्डमा जर्मनीविरुद्ध इटलीलाई समस्या देखिन सक्छ । उसका क्लाउडियो मारचिसो, मार्को भेराट्टी र रिकार्डो मोन्टोलिभो हुनेछैनन् भने थियागो मोटाले पनि जर्मनी विरुद्ध मैदानमा उत्रन पाउँनेछैनन् । ग्रोइनको चोटका कारण एन्टोनियो क्यान्ड्रिभा र थाईको समस्याका कारण डेनिल डि रासीका बारेमा अहिल्यै केही भन्न सकिन्न । \\जर्मनीको तुलानामा इटलीसँग खेलाडीका धेरै विकल्प छैनन । फरवार्ड ग्रिजवाने पेले, इडियर, मिडफिल्डर इमानुयल ग्रिचरिनिसँग भर पर्न पर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending