Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बाढीले ६० घर बगायो, केही अलपत्र

\"bhotekoshiसिन्धुपाल्चोक, २४ असार । भोटेकोसी नदीमा मङ्गलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ ।

बाढीबाट विस्थापन भई कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका करिब १०० मध्ये ५४ जनालाई नेपाली सेनाको हेलिकप्टरले आज अपराह्न बाह्रबिसे ल्याएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

तातोपानी र लिपिङ बजारमा उच्च जोखिममा रहेका करिब २०० घरमध्ये अझै करिब डेढ सय घर उच्च जोखिममा छन् । नदीको बहाब बजार क्षेत्रतर्फ बढिरहेको र निरन्तर कटान गरिरहेकाले यही अवस्था रहे सडक छेउका सबै घर एक सातासम्ममा बगाइसक्ने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले बताए ।

बाढीले तातोपानी गाविस लार्चास्थित सीमा प्रहरी कार्यालय समेत असुरक्षित रहेकाले प्रहरीहरु चौकीडाँडास्थित कोदारी मावि भवनमा आश्रय लिइरहेका छन् । त्यहाँ आश्रय लिइरहेकामध्ये ४०-५० सर्वसाधारण यसअघि नै सुरक्षित ठाउँमा गइसकेका छन् भने बाँकीलाई पनि उद्धार गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।

बाह्रबिसेबाट तातोपानी लगिएका ३२ विद्युत् खम्बा, तार तथा एउटा ट्रान्सफर्मर बगाएकाले तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ, गातीलगायत गाविसमा विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएको प्रजिअ गोकर्णमणि दुवाडीले बताए ।

बाढीले विभिन्न स्थानमा पहिरो तथा पक्की सडक कटानले गर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकमा यातायात ठप्प छ । नदीले घर बगाएपछि तातोपानी र लिपिङका मानवबस्ती पूर्ण रुपमा शून्य भएको छ ।

बाढीले यसअघि एउटा विद्यालय र खाजाघरसहित २२ घर, एउटा बेलीब्रिज र एक झोलुङ्गे पुल बगाएको थियो । बाढीले माथिल्लो भोटेकोसी आयोजनाको बाँधलाई क्षति पु¥याउनाका साथै विद्युत्गृहका साथै चार सवारी साधन बगाएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE