Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सुत्केरी हुन थापाथली हस्पिटल जानेहरुको पीडा :घण्टौ कुर्दा पनि बेड पाईदैन

\"thapathaliकाठमाडौँ, २५ असार । एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर । डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उनले बेड नपाएर भर्ना हुन पाएकी छैनन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उनी बिहान ६ बजेदेखि बस्ने ठाउँ नपाएर उभिरहनु परेको देखेसो गर्दै थिइन । उनले भनिन्– “आज नै डाक्टरले बोलाउनुभएको थियो । गाह्रो भएर बिहानै आएको यहाँ बेड खाली छैन भनेर भर्ना नै गरेका छैनन् । अहिले दिउँसो ३ बज्यो, बस्ने ठाउँ पनि छैन । निकै गाह्रो भएको छ ।” नेपालको एक मात्र सरकारी प्रसूति गृहमा बेड नपाएर दुःख पाएका अन्य धेरै गर्भवतीको अवस्था निकै विरक्त लाग्दो देखिन्थ्यो । सुत्केरी हुने समयमा त्यहाँ छिटो र छरितो उपचार होला भनेर त्यहाँ पुगेका गर्भवती महिलाले आफूले त्यहाँ पालो कुर्दासम्म पनि बस्ने ठाउँको सुविधा नहुँदा गर्भवतीको विजोग भएको गुनासो गरे । धुन्चे गाविस रसुवाबाट श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह आएका दिनेश लामिछानेले बेड नपाउँदा श्रीमतीलाई निकै गाह्रो भएको बताए । उनले भने – “आज चिकित्सकले भर्ना हुनुपर्छ भनेर बोलाएको थियो । चार घन्टा भयो आएको तर अहिलेसम्म बेड खाली छैन बाहिर बस्दै गर्नोस् भनेर भन्छन् । गर्भवतीलाई त बस्ने राम्रो व्यवस्था छैन, कुरुवाको त झन बेहाल छ । चार पाँच घन्टा उभिन निकै गाह्रो भएको छ ।”’ पहिलो पटक सुत्केरी हुन लागेकी आफ्नी बुहारीलाई लिएर अस्पताल आएका भक्तपुरका राजु मिजार एक दिन अघि आउँदा बेड नपाएर घर फर्कन परेको गुनासो गरे । घर लगेपछि बुहारीलाई रक्तश्राव हुन थालेपछि उनी पुनः बुहारीलाई बिहानै अस्पताल लिएर आए पनि बेड छैन भनेर पाँच, छ घन्टा बित्दा पनि डाक्टरले वास्ता नगरेको गुनासो गरे । उनले भने– “छ घन्टा कुरेरपछि भर्ना लियो तर डाक्टरले राम्रो व्यवहार नगरेकाले निकै दुःख पाएका छौँ । रक्तश्राव भइरहेको छ । २२ गते सुत्केरी हुनुपर्ने समय डाक्टरले दिएका थिए । अहिलेसम्म भएको छैन । केही सोध्यो भने यहाँका नर्स, डाक्टरले झर्किएर जवाफ दिन्छन् ।” अस्पतालमा बेड नपुगेर बिरामीले सास्ती भोग्नुपरेको स्वीकार्छन प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्य । उनले भूकम्पका कारण भवन भत्किएपछि ४१५ बेडको अस्पतालमा अहिले ३६५ जति मात्र बेड उपलब्ध भएकाले बिरामीलाई गाह्रो भएको बताए । “भवन भत्किँदा हामीले सबै बेड प्रयोगमा ल्याउन सकेका छैनौँ । भवन नबन्दासम्म अलि गाह्रो नै छ । अरु विकल्प पनि छ्रैन” उनले भने । प्रसूति गृहमा उपत्यका र वरपर जिल्ला गरी दैनिक ६० देखि ७० गर्भवती सुत्केरी हुनका लागि आउने गर्छन् भने ओपिडी बहिरङ्ग सेवा लिन आउनेको सङ्ख्या २०० को हाराहारीमा छन् । गत वर्षको गोरखा भूकम्पका कारण अस्पतालको ठूलो भवन भत्किँदा अहिले भवनको अभाव भएकाले सबै शै्यया प्रयोगमा आउन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending