Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सुत्केरी हुन थापाथली हस्पिटल जानेहरुको पीडा :घण्टौ कुर्दा पनि बेड पाईदैन

\"thapathaliकाठमाडौँ, २५ असार । एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर । डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उनले बेड नपाएर भर्ना हुन पाएकी छैनन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उनी बिहान ६ बजेदेखि बस्ने ठाउँ नपाएर उभिरहनु परेको देखेसो गर्दै थिइन । उनले भनिन्– “आज नै डाक्टरले बोलाउनुभएको थियो । गाह्रो भएर बिहानै आएको यहाँ बेड खाली छैन भनेर भर्ना नै गरेका छैनन् । अहिले दिउँसो ३ बज्यो, बस्ने ठाउँ पनि छैन । निकै गाह्रो भएको छ ।” नेपालको एक मात्र सरकारी प्रसूति गृहमा बेड नपाएर दुःख पाएका अन्य धेरै गर्भवतीको अवस्था निकै विरक्त लाग्दो देखिन्थ्यो । सुत्केरी हुने समयमा त्यहाँ छिटो र छरितो उपचार होला भनेर त्यहाँ पुगेका गर्भवती महिलाले आफूले त्यहाँ पालो कुर्दासम्म पनि बस्ने ठाउँको सुविधा नहुँदा गर्भवतीको विजोग भएको गुनासो गरे । धुन्चे गाविस रसुवाबाट श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह आएका दिनेश लामिछानेले बेड नपाउँदा श्रीमतीलाई निकै गाह्रो भएको बताए । उनले भने – “आज चिकित्सकले भर्ना हुनुपर्छ भनेर बोलाएको थियो । चार घन्टा भयो आएको तर अहिलेसम्म बेड खाली छैन बाहिर बस्दै गर्नोस् भनेर भन्छन् । गर्भवतीलाई त बस्ने राम्रो व्यवस्था छैन, कुरुवाको त झन बेहाल छ । चार पाँच घन्टा उभिन निकै गाह्रो भएको छ ।”’ पहिलो पटक सुत्केरी हुन लागेकी आफ्नी बुहारीलाई लिएर अस्पताल आएका भक्तपुरका राजु मिजार एक दिन अघि आउँदा बेड नपाएर घर फर्कन परेको गुनासो गरे । घर लगेपछि बुहारीलाई रक्तश्राव हुन थालेपछि उनी पुनः बुहारीलाई बिहानै अस्पताल लिएर आए पनि बेड छैन भनेर पाँच, छ घन्टा बित्दा पनि डाक्टरले वास्ता नगरेको गुनासो गरे । उनले भने– “छ घन्टा कुरेरपछि भर्ना लियो तर डाक्टरले राम्रो व्यवहार नगरेकाले निकै दुःख पाएका छौँ । रक्तश्राव भइरहेको छ । २२ गते सुत्केरी हुनुपर्ने समय डाक्टरले दिएका थिए । अहिलेसम्म भएको छैन । केही सोध्यो भने यहाँका नर्स, डाक्टरले झर्किएर जवाफ दिन्छन् ।” अस्पतालमा बेड नपुगेर बिरामीले सास्ती भोग्नुपरेको स्वीकार्छन प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्य । उनले भूकम्पका कारण भवन भत्किएपछि ४१५ बेडको अस्पतालमा अहिले ३६५ जति मात्र बेड उपलब्ध भएकाले बिरामीलाई गाह्रो भएको बताए । “भवन भत्किँदा हामीले सबै बेड प्रयोगमा ल्याउन सकेका छैनौँ । भवन नबन्दासम्म अलि गाह्रो नै छ । अरु विकल्प पनि छ्रैन” उनले भने । प्रसूति गृहमा उपत्यका र वरपर जिल्ला गरी दैनिक ६० देखि ७० गर्भवती सुत्केरी हुनका लागि आउने गर्छन् भने ओपिडी बहिरङ्ग सेवा लिन आउनेको सङ्ख्या २०० को हाराहारीमा छन् । गत वर्षको गोरखा भूकम्पका कारण अस्पतालको ठूलो भवन भत्किँदा अहिले भवनको अभाव भएकाले सबै शै्यया प्रयोगमा आउन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE