Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एक बर्षमा जुम्लाबाट मात्र हजार युवा विदेशिए

\"FOREIGN_EMPLOYMENT\"जुम्ला, २५ असार । चालु आव २०७२/०७३ मा हिमाली जिल्ला जुम्लाबाट विदेशिने युवाको सङ्ख्या एक हजार ३८ पुगेको छ ।   रोजगारीका लागि युवा विदेशिने क्रम तीव्र रुपमा बढिरहेको छ । यो क्रम वर्षपिच्छे बढ्ने गरेको पाइएको छ । यस वर्षमा मात्र जिल्लाबाट विदेश जानका लागि राहदानी लिनेको सङ्ख्या २४७ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा कविदत्त न्यौपानेले जानकारी दिए । द्रुत सेवा लिने ५९१ जना पुगेको नायब सुब्बा न्यौपानेले बताए । गाउँमा रोजगारीका कुनै आधार नभएको र विदेश जानुको विकल्प नरहेको कारण देखाउँदै युवाले राहदानी लिने गरेको उनको भनाई थियो ।   उनले भने, “दु्रत सेवाबाट राहदानी लिने प्रतिव्यक्तिले रु १० हजार राजस्व तिर्छन् भने जिल्लाबाट यो लिनेले रु पाँच हजार राजस्व तिर्छन् । जिल्लादेखि राहदानी लिनेबाट यो वर्ष रु १२ लाख ३८ हजार तथा द्रुत सेवा लिनेबाट रु ५९ लाख १० हजार राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।   त्यसैगरी, यस वर्ष ३९ महिलाले राहदानी लिएका छन् । जिल्लाबाट राहदानी लिने महिलाको सङ्ख्या १७ र द्रुत सेवा लिनेको सङ्ख्या २२ जना रहेको जनाइएको छ । राज्यले युवालाई रोजगारीको सही व्यवस्थापन नगरेकाले रहरले नभई बाध्यताले बाहिरिनु परेको चन्दननाथ–८ का स्थानीय गोरख थापाले जानकारी दिए। “नेपालमा न कुनै काम छ, काम गरे अनुसार न सहि दाम छ,” उनले भने । सरकार तथा राज्यको कमजोरीका कारण हिमाली जिल्लाका अधिकांश युवा अहिले पनि खाडीमुलुकको प्रचण्ड गर्मीमा पसिना बगाउनु परेको उनले गुनासो पोखे । रोजगारका लागि साउदीमा गएका ताम्ती–७ बम्तडी जुम्लाका राजेन्द्र विक्रम शाहीले ५५ डिग्री सेन्टिग्रेडमा नेपाली युवाले काम गरिरहेको बताए । साउदी गएको मात्र दुई महिना भएको बताउने शाहीले हरेक नेपालीले कठिनपूर्ण जीवन बिताइरहेको पीडा व्यक्त गरे । यता रोजगारीका लागि कतार गएका हाँकु गाविस जुम्लाका नन्दप्रसाद पाण्डेले धेरै नेपालीले नारकीय जीवन बिताइरहेको जनाए उनका अनुसार कामका लागि मात्र विदेशी भुमिका श्रम पसिना खेर फालिएको हो । सरकारले सही व्यवस्थापन गरे स्वदेश तत्कालै फर्कने अपेक्षा रहेको उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy