Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

गुरुयोजना बिनाको नगरपालिका भद्रगोल

\"nagarpalika\"भक्तपुर, २५ असार । जनताको गुनासो सुन्न र समस्या समाधान गर्ने उद्देश्यले भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासोको ओइरो लागेको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा सूचना अधिकार समाजको सहजीकरणमा भएको कार्यक्रममा स्थानीयले नयाँ नगरपालिकामा गुरुयोजना बनाएर काम हुन नसक्दा विकासका कार्यक्रम प्रभावित भएको गुनासो गरेका थिए । चाँगुनारायण नगरपालिकाका स्थानीय शङ्कर गौतमले गुरुयोजना बिनाको नगरपालिकाको विकास भद्रगोल हुने गरेको गुनासो गर्दै पार्क, औद्योगिक क्षेत्र, हरियाली, ढल निकास र फोहर व्यवस्थापनका लागि अहिले नै सुरक्षित क्षेत्र निर्धारण गर्नुपर्ने औंल्याए । नगरपालिकाका स्थानीय नवराज गेलालले प्रशासनले नागरिकप्रति गर्ने व्यवहार विभेदपूर्ण भएको गुनासो गर्दै भने ˗ “भूकम्पपीडितले बालुवा खानीबाट बालुवा झिकेर घर बनाउँदा नागरिकलाई प्रहरीले समात्छ तर, रातारात बालुवा तस्करी गरेर नगरपालिका बाहिर पठाउँदा कोही कसैलाई कारबाही हुँदैन, यो कस्तो विभेद हो ।” चागुँनारायण नगरपालिका–१०का स्थानीय रोजबहादुर तामाङले टोलका १५ परिवारले हालसम्म पनि सरकारले दिएको अस्थायी आवास निमार्ण स्वरुपको रु १५ हजार र न्यानो कपडा किन्न दिएको रु १० हजार नपाएको गुनासो गरे । चाँगुनारायण नगरपालिकाका मोहन रोक्काले जिल्ला विकासले बालुवा उत्खनन र निकासीमा रोक लगाएको भए पनि मिलोमतोमा बालुवा निकासी भइरहेकाले त्यसलाई तत्काल रोक्न माग गरे । भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धुव्रप्रसाद कोइराला, चागुँनारयण नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ भुसाललगायतले नगरलाई सुन्दर बनाउन स्थानीय र सरकारी निकायको बराबर भूमिका हुने भएकाले सबैले हातेमालो गरेर समस्या समाधानतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यसैगरी सूर्यविनायक नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा उपभोक्ता समितिमार्फत सञ्चालन गरेको आयोजना सम्पन्न भए पनि भुक्तानी लिन झमेला हुने गरेका छन् । समितिमार्फत कार्य सम्पन्न गरिएको आयोजनाको रकम फछ्र्योटका लागि निवेदन दिँदा विभिन्न कागजी प्रक्रिया नपुगेको भन्दै नगरपालिकाका लेखा अधिकृतले भुक्तानी नदिएर झुलाउने गरेको सूर्यविनायक नगरपालिका–८ की उषा बस्नेतले गुनासो गरिन् । सूर्यविनायक नगरपालिका–७ की कृष्णकुमारी कोजुले महिला उपभोक्ताले सुरुमै २० प्रतिशत रकम हालेर योजना सञ्चालन गर्न समस्या भएकाले यस्तो प्रावधान हटाउन माग गरिन् । सूर्यविनायक–४ का रामकृष्ण बोहजुले असारको वर्षात्मा काम गर्ने परिपाटीको अन्त्य नभएसम्म दिगो विकास हुन नसक्ने बताए भने सूर्यविनायक–६ का श्रीराम व्यान्जुले नगरपालिकाले यस आर्थिक वर्षको योजनाको ठूलो रकम खर्च हुन नसकेको गुनासो गरे । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आम नागरिकले प्रत्यक्ष अनुभूत हुने गरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending