Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

प्रचण्ड पटक पटक बालुवाटार पुगेर के भने ?

\"oli_prachanda\"काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीसँग दुई पटक भेट गरेका प्रचण्डले शनिवार विहानै पुनः बालुवाटार पुगे । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि उनको ब्यस्तता बढेको छ । प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलाई पनि तीब्र बनाएका छन् । एमालेले सहज रुपमा सरकार नछाड्ने संकेत दिएपछि माओवादी अध्यक्ष प्रचण्ड तनावमा छन् । बर्तमान एमाले नेतृत्वको सरकारले माओवादीसँग गरेका भित्री र बाहिरी कुनै पनि सहमति पालना नगरेको माओवादी केन्द्रले निश्कर्ष निकालिसकेको छ । एमालेलाई दोष दिएर सरकारबाट फिर्ता भएपछि पुनः एमालेको साथ पाइनेमा पनि प्रचण्डलाई शंका छ । प्रधानमन्त्री ओलीले अटेर गरेको आवेगमा सरकारबाट फिर्ता भएपछि राष्ट्रिय सरकार बन्छ भन्ने पनि ज्ञारेन्टी छैन । कथंकथाचित आफू सरकारबाट फिर्ता भइसकेपछि राष्ट्रिय सरकार बन्न नसकेको अवस्थामा नयाँ सत्ता समिकरणमा आफू एक्लिने डर पनि माओवादीलाई छ । त्यसैले पार्टीबाट नयाँ सरकारको पहल गर्ने जिम्मा पाएका प्रचण्डले तत्काल सरकारबाट फिर्ता नभइ प्रधानमन्त्री ओलीसँग नै सहमति जुटाउने प्रयासमा छन् । \"deuba-prachanda\"त्यही प्रयासमा शनिवार बिहान पनि माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटारमा पुगे । माओवादी स्रोतका अनुसार नयाँ आधारमा नयाँ सरकार बनाउन प्रचण्डले ओलीसँग प्रस्ताव राखेका छन् । प्रचण्डले नयाँ सरकारको पहल गर्ने जिम्मा पाए पनि माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठले पनि भित्र भित्रै पहल गरिरहेका छन् । शनिवार प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए लगत्तै श्रेष्ठ पनि बालुवाटार पुगेका थिए । माओवादी नेतासँगको भेटपछि प्रधानमन्त्रीले शनिवार नै बेलुका सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । ओलीले सरकार परिवर्तनबारे सत्ता साझेदार दलहरुको सुझाव लिन चाहेका छन् । देउवाकाे दाउ उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमाले–माओवादीको गठबन्धन भत्काउने योजनामा छ । सत्तारुढ गठबन्धन भत्काइसकेपछि बल आफ्नो कोर्टमा आउने देउवाको बुझाइ छ । एमालेसँगको गठबन्धन तत्कालै भत्किएमा संकट उत्पन्न हुन सक्ने भएकाले प्रचण्ड खतरा मोलेरै भए पनि नयाँ सरकार निर्माणमा अघि बढ्ने कि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फेरबदल गर्ने अन्योलमा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE