Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

प्रचण्ड पटक पटक बालुवाटार पुगेर के भने ?

\"oli_prachanda\"काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीसँग दुई पटक भेट गरेका प्रचण्डले शनिवार विहानै पुनः बालुवाटार पुगे । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि उनको ब्यस्तता बढेको छ । प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलाई पनि तीब्र बनाएका छन् । एमालेले सहज रुपमा सरकार नछाड्ने संकेत दिएपछि माओवादी अध्यक्ष प्रचण्ड तनावमा छन् । बर्तमान एमाले नेतृत्वको सरकारले माओवादीसँग गरेका भित्री र बाहिरी कुनै पनि सहमति पालना नगरेको माओवादी केन्द्रले निश्कर्ष निकालिसकेको छ । एमालेलाई दोष दिएर सरकारबाट फिर्ता भएपछि पुनः एमालेको साथ पाइनेमा पनि प्रचण्डलाई शंका छ । प्रधानमन्त्री ओलीले अटेर गरेको आवेगमा सरकारबाट फिर्ता भएपछि राष्ट्रिय सरकार बन्छ भन्ने पनि ज्ञारेन्टी छैन । कथंकथाचित आफू सरकारबाट फिर्ता भइसकेपछि राष्ट्रिय सरकार बन्न नसकेको अवस्थामा नयाँ सत्ता समिकरणमा आफू एक्लिने डर पनि माओवादीलाई छ । त्यसैले पार्टीबाट नयाँ सरकारको पहल गर्ने जिम्मा पाएका प्रचण्डले तत्काल सरकारबाट फिर्ता नभइ प्रधानमन्त्री ओलीसँग नै सहमति जुटाउने प्रयासमा छन् । \"deuba-prachanda\"त्यही प्रयासमा शनिवार बिहान पनि माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटारमा पुगे । माओवादी स्रोतका अनुसार नयाँ आधारमा नयाँ सरकार बनाउन प्रचण्डले ओलीसँग प्रस्ताव राखेका छन् । प्रचण्डले नयाँ सरकारको पहल गर्ने जिम्मा पाए पनि माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठले पनि भित्र भित्रै पहल गरिरहेका छन् । शनिवार प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए लगत्तै श्रेष्ठ पनि बालुवाटार पुगेका थिए । माओवादी नेतासँगको भेटपछि प्रधानमन्त्रीले शनिवार नै बेलुका सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । ओलीले सरकार परिवर्तनबारे सत्ता साझेदार दलहरुको सुझाव लिन चाहेका छन् । देउवाकाे दाउ उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमाले–माओवादीको गठबन्धन भत्काउने योजनामा छ । सत्तारुढ गठबन्धन भत्काइसकेपछि बल आफ्नो कोर्टमा आउने देउवाको बुझाइ छ । एमालेसँगको गठबन्धन तत्कालै भत्किएमा संकट उत्पन्न हुन सक्ने भएकाले प्रचण्ड खतरा मोलेरै भए पनि नयाँ सरकार निर्माणमा अघि बढ्ने कि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फेरबदल गर्ने अन्योलमा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending