Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

जनताको घर घरमा गएर माफी माग्छौ – प्रचण्ड

\"prachanda-750\"काठमाडौं, २५ असार ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल ‘ प्रचण्ड’ ले जनताको घर– घरमा पुगेर माफी माग्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको रष्ट्रिय एकता सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले आगामी मंसिर सम्म ‘ जनताको माओवादी जनताको घरमा नामक अभियान लिएर प्रत्येक जनताको घरघरमा पुग्ने बताएका हुन । प्रचण्डले भर्खरै बसेको माओवादी केन्द्रको पोलिटव्युरोको बैठकले पार्टीको नयाँ कार्यदिशाको विकास गरेको बताउँदै अबको केही समयमा नै पार्टीलाई नयाँ शिरामा विकास गरिने बताए । प्रचण्डले माओवादी पार्टीमा आएको फुटले शहिद , वेपत्ता , घाइते र आम उत्पिडित जनतालाई निकै चिन्तित बनाएको विगतमा आफुहरुले गरेको गल्तीमा माफी माग्दै अव जनता र परिवर्तनको पक्षमा एक ढिक्का भएर अगाडी बढ्ने बताए । उनले भने ‘ हामीले सहिदको सपना र जनताको भावनालाई पुरा गर्न हामीले आफैँलाई निषेध गरी नयाँ क्रान्तिकारी शक्तिको निर्माण गरेका छौं । ’ यसै क्रममा उनले आफुहरुको आन्दोलनको केन्द्रविन्दु फेरिएको बताए । जनयुद्ध सुरु गर्दा ग्रामिण इलाकालाई आन्दोलनको केन्द्र बनाएको र अबको आन्दोलन शहरमा केन्द्रित भएको बताए । सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले एकता सम्मेलनको क्रममा पार्टीका सेलाका मिटिङ, गाउँपालिका सम्मेलन, नगरपालिका सम्मेलन, जिल्लाका सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनलाई व्यापक र भव्य जनपरिचालनका साथ सम्पन्न गर्ने निर्णय भएको बताए । प्रचण्डले नेपालमा माओवादीले ठूलाठूला राजीतिक परिवर्तनका नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेको बताए । साथै माओवादी केन्द्रमा नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा जुटेको र नयाँ संश्लेषण जरुरी रहेको बताए । उनले सम्बोधनकै क्रममा माओवादी आन्दोलन सिद्धिनेछ विभिन्न प्रतिक्रियाबादीहरुले कल्पना गरे पनि त्यसो नभएर माओवादी आन्दोलन नया शिरा बाट अगाडी बढन् बताए । उनले क्रान्तिकारी आन्दोलनमा आफुहरुले निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादी नियमको प्रयोग गर्दै आएका बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE