Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जनताको घर घरमा गएर माफी माग्छौ – प्रचण्ड

\"prachanda-750\"काठमाडौं, २५ असार ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल ‘ प्रचण्ड’ ले जनताको घर– घरमा पुगेर माफी माग्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको रष्ट्रिय एकता सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले आगामी मंसिर सम्म ‘ जनताको माओवादी जनताको घरमा नामक अभियान लिएर प्रत्येक जनताको घरघरमा पुग्ने बताएका हुन । प्रचण्डले भर्खरै बसेको माओवादी केन्द्रको पोलिटव्युरोको बैठकले पार्टीको नयाँ कार्यदिशाको विकास गरेको बताउँदै अबको केही समयमा नै पार्टीलाई नयाँ शिरामा विकास गरिने बताए । प्रचण्डले माओवादी पार्टीमा आएको फुटले शहिद , वेपत्ता , घाइते र आम उत्पिडित जनतालाई निकै चिन्तित बनाएको विगतमा आफुहरुले गरेको गल्तीमा माफी माग्दै अव जनता र परिवर्तनको पक्षमा एक ढिक्का भएर अगाडी बढ्ने बताए । उनले भने ‘ हामीले सहिदको सपना र जनताको भावनालाई पुरा गर्न हामीले आफैँलाई निषेध गरी नयाँ क्रान्तिकारी शक्तिको निर्माण गरेका छौं । ’ यसै क्रममा उनले आफुहरुको आन्दोलनको केन्द्रविन्दु फेरिएको बताए । जनयुद्ध सुरु गर्दा ग्रामिण इलाकालाई आन्दोलनको केन्द्र बनाएको र अबको आन्दोलन शहरमा केन्द्रित भएको बताए । सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले एकता सम्मेलनको क्रममा पार्टीका सेलाका मिटिङ, गाउँपालिका सम्मेलन, नगरपालिका सम्मेलन, जिल्लाका सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनलाई व्यापक र भव्य जनपरिचालनका साथ सम्पन्न गर्ने निर्णय भएको बताए । प्रचण्डले नेपालमा माओवादीले ठूलाठूला राजीतिक परिवर्तनका नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेको बताए । साथै माओवादी केन्द्रमा नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा जुटेको र नयाँ संश्लेषण जरुरी रहेको बताए । उनले सम्बोधनकै क्रममा माओवादी आन्दोलन सिद्धिनेछ विभिन्न प्रतिक्रियाबादीहरुले कल्पना गरे पनि त्यसो नभएर माओवादी आन्दोलन नया शिरा बाट अगाडी बढन् बताए । उनले क्रान्तिकारी आन्दोलनमा आफुहरुले निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादी नियमको प्रयोग गर्दै आएका बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending