Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी

\"Prem-Bahadur-Singh\"काठमाडौँ, २५ असार । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधन र स्रोतको प्रयोग गरिने बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले आगामी तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए । पाल्पा, गोरखा, जुम्ला, मुगु जस्ता जिल्लामा बृहत् खानेपानी आयोजना सञ्चालनका लागि बहुवर्षीय आयोजना सुरु गरिएको जानकारी दिँदै उनले मेलम्ची खानेपानी आयोजनालाई आव २०७३÷७४ मा सम्पन्न गरिने र याङ्ग्री र लार्केको पानी समेत सोही परियोजनामा जोड्ने तयारी गरिएको उल्लेख गरे । वाग्मती, विष्णुमती, हनुमन्ते जस्ता खोलामा ढल प्रशोधन केन्द्र निर्माण गरिने, जिल्ला सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा सरसफाइको काम प्रभावकारी रुपमा अगाडि बढाइने र तराई–मधेसका जिल्लामा आर्सेनिकरहित खानेपानी उपलब्ध गराइने जानकारी दिए । ‘जनताको लगानीमा खानेपानी’ भन्ने योजनालाई अगाडि बढाउन सरकारले आवश्यक साधन तथा स्रोतको परिचालन गरेको स्पष्ट पार्दै उनले एक घर एक धाराको परियोजना पनि लागू गरिने बताए । वर्षाातको पानी सङ्कलन तथा भूमिगत स्रोतको प्रयोग गर्दै सुक्खा क्षेत्रमा खानेपानी उपलब्ध गराइन्छ भन्दै उनले मुलुकका विभिन्न स्थानमा जलाशय निर्माण गरी जलाधार क्षेत्रको संरक्षण एवम् सम्बद्र्धन गरिने उनको कथन थियो । नयाँ नगरपालिका, जिल्ला सदरमुकाम र प्रदेश सदरमुकाममा खानेपानी तथा सरसफाइसम्बन्धी योजनालाई एकीकृत रुपमा अगाडि बढाउने लक्ष्य सरकारले राखेको उल्लेख गर्दै मन्त्री सिंहले ‘सफा सहर सफा गाउँ’को लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । खानेपानी सेवाको विस्तार एवम् विविधीकरण गर्दै काठमाडौँ उपत्यकामा सहज रुपमा उक्त सेवा उपलब्ध गराउने र त्यसलाई मुलुकका विभिन्न जिल्लामा विस्तार गरिने तथा नेपाल खानेपानी संस्थानलाई थप सबल एवम् सक्षम बनाइने मन्त्री सिंहले उल्लेख गरे । सांसद कमलप्रसाद पङ्गेनी, अमरसिंह पुन, निशाकुमारी साह, नवीन्द्रराज जोशी र अनुराधा थापा मगरले मन्त्री सिंहसँग स्पष्टीकरण मागेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending