Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस घोषित

\"kamal_thapa2\"चितवन, २६ असार । उपप्रधानमन्त्री कमल थापाले जिविस चितवनको कार्यालयलाई वातावरणमैत्री कार्यालयका रुपमा घोषणा गरेका छन् । कार्यालय परिसरमा निर्मित ‘चितवन आमा’को मूर्तिको अनावरण र रक्तचन्दनको बिरुवा रोपेर सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सो घोषणा गरेका हुन ।   सो अवसरमा उनले वातावरणीय असन्तुलनका कारण वातावरणीय प्रभावमा निकै ठूलो असर परेको छ भन्दै देशव्यापी रुपमा हरियाली बनाउन आवश्यक रहेको बताए । विकसित मुलुकले सिर्जना गरेको प्रदूषणको असर अविकसित र विकासोन्मुख मुलुकमा परेको छ भन्दै उनले वातावरण परिवर्तनका कारण देखिएको प्रभाव कम गर्नेतर्फ लाग्नुपर्ने बताए ।   वन विनाश र भूक्षयका कारण वातावरणमा प्रतिकूल असर परेकाले यसलाई नियन्त्रण गर्नेतर्फ लाग्नुपर्ने थापाले बताए । घरआँगन, सार्वजनिक कार्यालय एवं जिविस, महानगर, उपमहानगर, नगर र गाविस सबै वातावरणमैत्री बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले घर घरमा वृक्षरोपणका लागि प्रोत्साहित गर्न आग्रह गरे । सरकारले नक्सा पास गर्दा अनिवार्य वृक्षरोपण गर्नुपर्ने र बाटो बनाउँदा दायाँबायाँ वृक्षरोपण गर्ने मापदण्ड तयार गरेको जानकारी उनले दिए । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले सरसफाइ र हरियाली नेपालीको सभ्यता बन्नुपर्ने बताए ।   स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले सबैको सहयोगबाट नेपालमै पहिलो पटक जिविस चितवन वातावरणमैत्री कार्यालय बन्न सफल भएको बताउँदै यसलाई निरन्तरता दिन चुनौतीपूर्ण भए पनि कार्यान्वयन गर्न जिविस पछाडि नहट्ने दृढता व्यक्त गरे ।   यसअघि उपप्रधानमन्त्री थापाले स्थानीय निकायका कर्मचारीसँग योजनाको जानकारी लिई आवश्यक निर्देशन दिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE