Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मन्त्री अनुगमनमा गएपछि औषधी पसलेको भागाभाग

\"medicines\"काठमाडौं , २६ असार । अनुगमनको क्रममा आपूर्ति मन्त्री सहितको  सरकारी टोली आइतबार राजधानीको क्षेत्रपाटी पुगेको छ । आपूर्ति मन्त्रालय , आपूर्ति विभाग , वाणिज्य विभाग , औषधि व्यावस्था विभागले क्षेत्रपाटीका औषधि पसलहरुमा संयुक्त रुपमा अनुगमन थालेपछि औषधि पसलेहरु आतंकित बनेका छन् । कतिपय औषधि पसलेहरु सटर बन्द गरि भागेकाे अनुगमनमा सहभागी टाेलीका एक सदस्यले बताए । स्थलगत अनुगमनका क्रममा असहयोग गरेको भन्दै सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसल शिलबन्दी गरेको छ । व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ घन्टाभित्र स्पष्टीकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिएकोे विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए । विभागले सो अवधिमा चित्तबुझ्दो कारण सहित स्पष्टीकरण नदिए कानुनअनुसार कारबाही गरिने व्यहोराका पत्रसहित सूचना टाँस गरेको अधिकारीले जानकारी दिए । क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ । उक्त क्षेत्रमा अनुगमनका क्रममा केहीबेर हल्लाखल्ला हुँदा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग समेत गरेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending