Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

गाेविन्द केसीलाई चारैतिरबाट यसरी गरियो घेराबन्दी

\"govinda काठमाडौं, २६ असार । मेडिकल शिक्षाका बारेमा विभिन्न माग राखेर पटक पटक अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीलाई पछिल्लो समय चारैतिरबाट घेराबन्दी गर्न थालिएको छ । केसीले भने चारैतिरबाट घेराबन्दी गरेपनि शिक्षण अस्पताल परिसरभित्रै \'डी\' ब्लकको दोस्रो तलामा आइतबार अपरान्हदेखि आठौं पटक आमरण अनसन शुरु गरेका छन् । सरकारले पटक पटक सम्झौता गरेर पनि चोरबाटोबाट मेडिकल कलेजहरुको स्वीकृति दिन थालेको भन्दै पुनः अनसन बस्न लागेका केसीलाई पछिल्लो पटक चारैतिरबाट घेराबन्दी गर्न थालिएको हो । आइतबारदेखि आठौं पटक आमरण अनसन बस्न लागेका केसीले पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसमेतको विरोध गरेपछि उनी चौतर्फी घेराबन्दीमा परेका हुन् । अख्तियारले आफ्नो सीमा नाघेर केयूमा हस्तक्षेप गरेको केसीको आरोप छ । उनले अख्तियार प्रमुख नै भ्रष्टाचारी भएको भन्दै उनलाई महाअभियोग लगाउनुपर्ने लगायत चार बुँदे माग अघि सारेपछि केसी चौतर्फी घेराबन्दीमा परेका हुन् । अख्तियार प्रमुख कार्कीको पक्षमा रहेको समूहले नै केसीको घेराबन्दी गरेका हुन् । त्रिवि शिक्षण अस्पतालकै २७ जना डाक्टरहरुले केसीविरुद्ध अभियान छेंडेका छन् । उनीहरुले अस्पताल बचाउ अभियान बनाएर केसीलाई अस्पताल परिसरमा अनसन बस्न नदिने योजना बनाएका हुन् । स्रोतका अनुसार एमाले निकट तथा अख्तियार प्रमुख कार्की निकटका चिकित्सकहरुले कार्कीलाई घेराबन्द थालेका हुन् । अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने केसीले माग राखेकै दिन अख्तियारले विज्ञप्ति निकालेर केसीको मानसिक सन्तुलत ठीक नभएको आरोप लगाएको थियो । यस्तै, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि मुद्दालाई अख्तियार केन्द्रित नगर्न केसीलाई सुझाव दिएका छन् । केसीले आइतबारदेखि अनसन थाल्ने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बार्तामा बोलाएका थिए । तर प्रधानमन्त्रीले बोलाएको वार्ता भने केसीले अस्वीकार गरिदिए । अन्तिम समयमा वार्तामा बोलाएको भन्दै केसीले आफू प्रधानमन्त्रीलाई भेट्न नगइ अन्य प्रतिनिधिलाई पठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending