Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गाेविन्द केसीलाई चारैतिरबाट यसरी गरियो घेराबन्दी

\"govinda काठमाडौं, २६ असार । मेडिकल शिक्षाका बारेमा विभिन्न माग राखेर पटक पटक अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीलाई पछिल्लो समय चारैतिरबाट घेराबन्दी गर्न थालिएको छ । केसीले भने चारैतिरबाट घेराबन्दी गरेपनि शिक्षण अस्पताल परिसरभित्रै \'डी\' ब्लकको दोस्रो तलामा आइतबार अपरान्हदेखि आठौं पटक आमरण अनसन शुरु गरेका छन् । सरकारले पटक पटक सम्झौता गरेर पनि चोरबाटोबाट मेडिकल कलेजहरुको स्वीकृति दिन थालेको भन्दै पुनः अनसन बस्न लागेका केसीलाई पछिल्लो पटक चारैतिरबाट घेराबन्दी गर्न थालिएको हो । आइतबारदेखि आठौं पटक आमरण अनसन बस्न लागेका केसीले पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसमेतको विरोध गरेपछि उनी चौतर्फी घेराबन्दीमा परेका हुन् । अख्तियारले आफ्नो सीमा नाघेर केयूमा हस्तक्षेप गरेको केसीको आरोप छ । उनले अख्तियार प्रमुख नै भ्रष्टाचारी भएको भन्दै उनलाई महाअभियोग लगाउनुपर्ने लगायत चार बुँदे माग अघि सारेपछि केसी चौतर्फी घेराबन्दीमा परेका हुन् । अख्तियार प्रमुख कार्कीको पक्षमा रहेको समूहले नै केसीको घेराबन्दी गरेका हुन् । त्रिवि शिक्षण अस्पतालकै २७ जना डाक्टरहरुले केसीविरुद्ध अभियान छेंडेका छन् । उनीहरुले अस्पताल बचाउ अभियान बनाएर केसीलाई अस्पताल परिसरमा अनसन बस्न नदिने योजना बनाएका हुन् । स्रोतका अनुसार एमाले निकट तथा अख्तियार प्रमुख कार्की निकटका चिकित्सकहरुले कार्कीलाई घेराबन्द थालेका हुन् । अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने केसीले माग राखेकै दिन अख्तियारले विज्ञप्ति निकालेर केसीको मानसिक सन्तुलत ठीक नभएको आरोप लगाएको थियो । यस्तै, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि मुद्दालाई अख्तियार केन्द्रित नगर्न केसीलाई सुझाव दिएका छन् । केसीले आइतबारदेखि अनसन थाल्ने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बार्तामा बोलाएका थिए । तर प्रधानमन्त्रीले बोलाएको वार्ता भने केसीले अस्वीकार गरिदिए । अन्तिम समयमा वार्तामा बोलाएको भन्दै केसीले आफू प्रधानमन्त्रीलाई भेट्न नगइ अन्य प्रतिनिधिलाई पठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE