Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

आम्दानी बढाउन मन छ ? गड्यौला पाल्नुहोस्

\"gadyaula\"सिराह, २६ असार । गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् ।

यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ ।

बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्यसमा सुधार ल्याउन किसानले गड्यौलापालनबाट भर्मिक मल उत्पादन गर्न सुरु गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालय सिरहाको सहयोगमा किसानले अन्न तथा तरकारी बालीको उत्पादनमा वृद्धि ल्याउन रासायनिक मल र अन्य विषादीको साटो खेतमा गड्यौलापालन गर्न थालेका छन् ।

जथाभावी रुपमा प्रयोग गरिने रासायनिक तथा अन्य विषादीका कारण माटोको उर्वरा शक्ति समाप्त हुनुका साथै बाली उत्पादनमा समेत ह्रास आउन थालेकाले माटोको उर्वरा शक्तिमा सुधार ल्याउन खेतमा गड्यौला जुका पाल्न सुरु गरेको सिरहाको फुलकाहाकट्टीका किसान पाण्डवकुमार मण्डलले बताउछन् ।

खेतमा पालिने गड्यौला किराले उत्पादन गर्ने भर्मिक किरा मलका कारण माटोको उर्वरा शक्ति बढ्नुका साथै उत्पादन वृद्धिका लागि अन्य कुनै रासायनिक मल र विषादीको प्रयोग गर्नु नपर्ने भएकाले पनि गड्यौलापालनतर्फ किसान आकर्षित भएको मण्डलको भनाइ छ ।

उनी भन्छन्, “पहिला पहिला गड्यौलाको महत्व थाहै थिएन, पछि कृषि विकास कार्यालयले गड्यौलाको महत्व र पालनबारे तालिम दिएपछि यहाँका किसानहरुले गड्यौलापाल्न थालेको हो ।” गड्यौला किराले बनाउने भर्मिक मलमा बिरुवालाई आवश्यक मात्रामा चाहिने युरिया, डिएपी र पोटासका साथै अन्य तत्वसमेत पाउने भएकाले गड्यौलापालन थालेको मण्डलको भनाइ छ ।

“गड्यौलाको महत्व थाहा पाएपछि करिब तीन कट्ठा जग्गामा गड्यौलापालन सुरु गरेको छु,” मण्डल भन्छन् – “यसैबाट थप गड्यौला उत्पादन गरेर आफ्ना अरू खेतमा पनि विस्तार गर्ने, बाँकी रहेको अरू किसानलाई समेत बिक्री–वितरण गर्ने योजना बनाएको छु ।” कम लगानीमा राम्रो प्रतिफल देखिएकाले पनि गड्यौलापालनमा किसानको रुचि बढेको उनको कथन छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको तालिमबाट सिकेर गड्यौलापालन थालेको बताउँदै अर्का कृषक विष्णुपुरकट्टीका रामभरोस महतोले भने – “यो प्रविधिले छोटो समयमै उल्लेखनीय अन्न उत्पादन गर्न भ्याएको छु ।”

यसरी कृषि उत्पादन क्षेत्रमा देखिएको परिवर्तन कृषि विकास कार्यालयको सहयोगले मात्र सम्भव भएकाले यो प्रविधिबारे अरू किसानलाई पनि ज्ञान र सीप पु¥याउनुपर्ने महतोको सुझाव छ ।

पछिल्लो समयमा उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मलको प्रयोग बढेका कारण उत्पादन घट्नुका साथै मानव स्वास्थ्यमा समेत जोखिम बढ्दै गएकाले रासायनिक मलको प्रयोग कम गर्न गड्यौलापालन गर्ने अभियान सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामलखन मण्डल बताउछन् ।

उनका अनुसार सिरहाको फुलकाहाकट्टीका १०, विष्णुपुरकट्टीका १० र अयोध्यानगरका पाँच जना गरी प्रारम्भिक चरणमा २५ जना किसानलाई लक्ष्य गरेर पहिलो पटक जिल्लामा गड्यौलापालन सुरु भएको छ ।

जिल्लाका ५० जना किसानलाई गड्यौलापालनसम्बन्धी तालिम दिएर नयाँ प्रविधिबाट खेती गर्न तत्कालका लागि किसानलाई १० किलो गड्यौला वितरण गरिएको छ । प्रमुख मण्डल यस प्रविधिप्रति अन्य जिल्लाका किसानलाई पनि आकर्षित गर्ने योजना रहेको बताउछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending