Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

निर्णय गर्नुअघि प्राज्ञको सल्लाह लिनुुपर्ने– प्रम ओली

\"Kp-oli1\"काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विषयमा निर्णय गर्नुअघि प्राज्ञको सल्लाह लिने परिपाटीलाई व्यवहारमा उतार्नुपर्नेमा जोड एका छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका उनले आज कीर्तिपुरमा आयोजित ५७औँ त्रिवि सभालाई सम्बोधन गर्दै विदेशी मुलुकले सम्बन्धित विषयमा विज्ञसँग परामर्श गर्ने परिपाटीलाई हामीले पनि अपनाउनु आवश्यक भएको बताए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु २० करोड दिन सकिन्छ भने त्रिविविलाई दिन नसकिने होइन भन्दै उहाँले आवश्यक बजेटका लागि योजनासहितको प्रस्ताव पेस गर्न आग्रह गरे ।

अन्य विश्वविद्यालयभन्दा यो विश्वविद्यालयको ल्याकत, क्षमता र क्षेत्राधिकार बढी भएकाले अन्य विश्वविद्यालयसँग तुलना हुन नसक्नेमा जोड दिँदै उहाँले यसको शैक्षिक विकासका लागि भौतिक सुधार, गुणस्तर वृद्धि र प्राविधिक सुधार हुनु आवश्यक छ भने।

शिक्षामन्त्री तथा त्रिविविका सहकुलपति गिरिराजमणि पोख्रेलले छ दशक पुरानो त्रिविविले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यसले आफूसँग भएका जमिन, साधन र स्रोतको समुचित प्रयोगमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

उच्च शिक्षा अध्ययनका लागि ऋण प्रदान गर्ने व्यवस्था गरिएको चर्चा गर्दै उनले सङ्घीयतामा गएपछि प्रदेशमा रहेका क्याम्पसलाई स्वायत्तता प्रदान गर्नुपर्ने, त्रिविविलाई अन्य विश्वविद्यालयको तुलनामा प्रतिस्पर्धी बनाइनुपर्ने र आङ्गिक क्याम्पसको सुधारका लागि अनुगमन गर्नुपर्ने सुझाव दिए ।

त्रिविविका उपकुलपति प्रा डा तीर्थराज खनियाले भन्नुभयो, “यो विश्वविद्यालय ‘वल्र्डवाइड सर्भे ¥याङ्किङमा’ चार हजार २४१औँ स्थानमा छ, हामी विश्वबाट अलग रहेर काम गर्न सक्दैनौँ त्यसैले समयसापेक्ष सुधार हुनु जरुरी छ ।”

आउँदो हिउँदे सत्रदेखि अन्य क्याम्पसमा सेमेष्टर प्रणाली विस्तार गरिने उल्लेख गर्दै उनले, प्रविधियुक्त शिक्षाको थालनी गरिएको, वाइफाइ र इ–लर्निङको व्यवस्था गरिएको, ओपन एन्ड डिस्ट्यान्स लर्निङ एजुकेसनको थालनी गरिएको इ–एडमिनिस्ट्रेसनको प्रयोगलाई प्रोत्साहित गरिएको बताए ।

सभामा त्रिविविका रजिस्ट्रार डिल्लीराज उप्रेतीले पेस गर्नुभएको त्रिविवि कार्यकारी परिषद्को स्वायत्ततासम्बन्धी नियम–२०७२ मा जारी भएको आदेश र आव २०७३÷०७४ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले त्रिविवि परिसरमा निर्माण गर्न लागिएको उपकुलपतिको कार्यालय भवनको शिलान्यास गरे।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending