Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

ओलीसँग किन चिढियो माओवादी ? प्रचण्डको बोल्ड निर्णय आउन सक्ने

\"KP-Prachanda\"काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान जारी भएलगत्तैदेखिको सहकार्यमा भएका व्यवहारबाट नेकपा माओवादी केन्द्र चिढिएको छ । माओवादी केन्द्रका एक केन्दीय नेताका अनुसार माओवादीले उतिबेला ओलीलाई समर्थन गर्नुमा मुख्य त राष्ट्रियताको सबाल थियो । संविधान कार्यान्वयन तथा भूकम्पको क्षति पछिको पूनर्निमाणमा दू्रतता पनि अर्को कारण थियो द्वान्दकालिन मुद्धाको न्यायोचित व्यवस्थापन पनि । तर ओलीले आफु प्रधानमन्त्रीमा निर्बाचित भइसकेपछि माथि उल्लेखित सबै कुरालाई लत्याएकोले माओवादी केन्द्र चिढिएको हो । उनले भने, –‘नाकाबन्दी र राष्ट्रियतामा ओलीलाई टेक्ने बलियो जमिन बनिदिएको हामी हो । तर उनले विस्तारै माओवादी केन्द्रको सहयोग र सहकार्यलाई नोकर र मालिकजस्तो गर्न थाले ।’ सहयात्री तथा समकक्षीलाई जहिल्यै हेह्यको व्यावहार गर्ने ओलीले सरकारका ठुला निर्णयहरु कि आफैमात्र गरेभने कि अप्ठ्यारोमा मात्रै पार्न खोजे । द्वन्दकालिन मुद्धाहरुको व्यवस्थापनका लागी सत्य निरुपण तथा मेलमिलाप आयोगले काम थाले पनि अदालतमा भएका मुद्धाहरुलाई आयोगमा पठाउन ओली उदाशिन रहेको माओवादीलाई यहिनेर फसाउन खोजिएको उसको बुझाई छ । भूकम्पपछिको पूनर्निमाण सुरु नहुनु वा नगर्नुको अपजस पनि आफुहरुलाई समेत आउने बुझाईमा माओवादी नेताहरु छन् । ओली सरकारले विभिन्न एनजिओ र आफु निकटका कर्मचारीलाई खुशी पार्ने गरी सरकारका निर्णय तथा कामकारवाही गरेकोप्रति गम्भिर विमति रहेको माओवादीका ति नेताले बताए । उसले रणनीतिक रुपमा चुनावसम्म एमालेसँग सहकार्य गर्न नसकिने र आफु एमालेको पिछलग्गु बन्न पुगीने निष्कर्ष निकाल्नुपनि अर्को कारण हो । उसो त माओावादीलाई बजेटपछि सरकारको नेतृत्व दिने भनेर गरिएको भनिएको भद्र सहमति विपरित प्रधानमन्त्रीको बोलीचाली र रबैयासमेत माओवादी केन्द्रलाई चिढ्याउन सहायक सिद्द छ । उनी कहिले ‘यो सरकारले तीनवटै निर्बाचन गराएर मात्रै अर्को सरकार’ भन्छन् त कहिले ‘हुति भए सरकार डाल भन्छन् ।’ सरकार छाड्ने निर्णय गर्दै माओवादी माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले पछिल्ला तीन दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर राष्ट्रिय सरकार, नेतृत्वको विकल्पसहितका प्रस्तावहरुमाथि छलफल गरेका थिए । तर ओलीले कुनैपनि विकल्पमा जान तयार नभएपछि माओवादी केन्द्रले सम्भवत सोमबार दिनभरीमा सरकारका बारेमा कुनै बोल्ड निर्णय गर्ने सम्भावना रहेको माओवादी केन्द्का एक नेताले बताएका छन् । सोमबार विहानैबाट प्रचण्ड निवास लाजिम्पाटमा जारी माओवादी केन्द्रको कार्यालय बैठकले सरकारका बारेमा कुनै बोल्ड निर्णय गर्नसक्छ भने गरेन भने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending