Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

शिक्षा ऐनको नयाँ व्यवस्थाले शिक्षकमा यस्तो त्रास !

\"Sikshayaकाठमाडौँ, २७ असार । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँच वर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्न सक्ने नयाँ नीति आएपछि शिक्षकहरु त्रसित भएका छन् ।

यही असार १५ मा कार्यान्वयनमा आएको शिक्षा ऐन आठौँ संशोधनमा ‘एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्लाभित्रको, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रको र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्ने’ व्यवस्था छ ।

ऐनमा शिक्षक र कर्मचारीका पेसागत मागबारे विगतको सहमतिका आधारमा अधिकांश बुँदा ऐनले सम्बोधन गरेकामा सकारात्मक देखिएको नेपाल शिक्षक महासङ्घले निजामतीमा जस्तो आफूखुसी सरुवामा शिक्षकलाई पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । शिक्षा ऐनबारे आवद्ध संस्थासँगको छलफलको निष्कर्ष सुनाउँदै महासङ्घका अध्यक्ष केशव निरौला भन्छन् – “शिक्षकको सहमतिबिना सरुवा गर्न सक्ने प्रावधानले शिक्षक सरुवाको दफा दुरुपयोग हुन सक्ने भएकाले त्यस्तो व्यवस्था खारेज गर्न माग गर्दछौँ ।”

महासङ्घले आज शिक्षा मन्त्रालयमा भएको शैक्षिक संवाद समन्वय समितिको बैठकमा पनि सो विषयलाई उठाएको छ ।

ऐनको कार्यान्वयनका लागि नियमावली संशोधनका जुटिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले भने नियमावली बनाउँदा शिक्षकलगायत सरोकारित क्षेत्रका सवाललाई ध्यान दिएर ऐनको कार्यान्वयन गरिने बताउछन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापा शिक्षकलाई सरकारले आवश्यकताअनुसार विन्यास गर्न सकिने भए पनि हाल कायम ६३ हजार अपुग दरबन्दीको पूर्तिको व्यवस्थापन नगरी पञ्चायतकालमा जस्तो आस्थाका आधारमा शिक्षकलाई सरुवा गर्न सकिने प्रावधान निरङ्कुशताको द्योतक हो भन्छन् ।

अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बिसी पनि संशोधित ऐनले शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय योगदान दिन नसक्ने भन्दै निजी विद्यालयलाई कम्पनी ऐनअन्तर्गत कामय राखिएकामा शिक्षकहरु असन्तुष्ट रहेको जानकारी दिए ।

महासङ्घले शिक्षकले दलको सदस्य बन्न रोक नलगाए पनि राजनीतिक दलको कार्यकारी समितिमा बस्न नपाउने व्यवस्थामा पनि विरोध जनाएको छ । विद्यालय शिक्षाको संरचनात्मक परिवर्तन गरेको ऐनमा अस्थायी शिक्षकलाई आन्तरिक परीक्षा वा सम्मानजनक बिदाइमध्ये एक रोज्ने व्यवस्था पनि गरिएको छ । ऐनमा आन्तरिक परीक्षामा भाग नलिनेले मात्र सुविधासहितको अवकाश पाउने भनेको छ भने महासङ्घले अनुत्तीर्णलाई पनि सुविधा दिएर बिदा दिनुपर्ने माग अघि सारेको छ ।

“अविच्छिन्न रूपमा कार्यरत रहेका अस्थायी शिक्षकले सुविधा लिई अवकाश लिनका लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने र उत्तीर्ण हुन नसकेका अस्थायी शिक्षक स्वतः अवकाश भएको मानिनेछ, यसअनुसार हुने विज्ञापनमा राहत शिक्षकका लागि उमेरको हद लाग्ने छैन,” ऐनमा भनिएको छ । यसका लागि शिक्षा विभागले रिक्त शिक्षकको विवरण माग गरिसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending