Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पानी परेपछि टहरो छाडेर जङ्गलको बास

\"Gorkha-District-640\"गोरखा, २८ असार । ‘हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो ? न दिन राम्रो न साँझ हाम्रो कतिञ्जेल रुने हो ? हामी भयौँ बेघरबार चरी लै’जा समाचार’ गायकद्वय अञ्जान बाबु र सङ्गीत स्रोताको स्वर भरिएको कर्णप्रिय यो गीतमा झल्किएको जस्तै पीडा अहिले उत्तरी गोरखाका भूकम्पपीडितले झेल्दै आएका छन् । भूकम्पले घर भत्काएको पीडा केरौंजावासीलाई छँदै थियो । त्यसमाथि गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले वडा नं ४ का १३७ टहरा बगाएपछि अर्काको जग्गा खोजेमा भाडा तिरेर केरौंजावासी बस्न बाध्य भए । यही असार १५ र २१ गतेको पहिरोले केरौंजा–१ का १३ टहरा पुरेपछि भूकम्पपीडित गाउँबाट विस्थापित भए । पहिरोमा पुरिँदा केरौंजाबेँसीका तीन जनाले ज्यान गुमाउनुप¥यो । घाइते तीन जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गएको रात पनि केरौंजावासीले स्थानीय प्रप्चेतको जङ्गलमा बिताए । सिमसिम पानी परेपछि टहरो छाडेर केरौंजावासी सुरक्षित ठाउँको खोजीमा जङ्गलतिर निस्कन्छन् । ओढ्ने प्लास्टिक लिएर गाउँले बास खोज्दै जङ्गल पुगेको केरौंजा–४ का काजी गुरुङले बताए । “हामी कहिल्यै घरमा बस्न नपाउने भयौँ,” उनले भने – “भूकम्पले घर भत्कायो, सहेकै हो । पहिरोले टहरो बगायो फेरि बनायौँ । पहिरोले फेरि टहरो पु¥र्यो अब कहाँ जाने ?” गाउँको दुवैतर्फबाट ठूला पहिरो झरेपछि केरौंजावासी सुरक्षित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् । पहिरोले भूकम्पपीडितका टहरा मात्रै होइन, गाविस भवन, सामूहिक आवास गृह, स्वास्थ्य चौकीलगायत संरचना जोखिममा छन् । प्राकृतिक प्रकोपमा परेका गाउँलेलाई राख्न सेनाले हालै निर्माण गरेको आठकोठे सामूहिक आवास गृह पहिरोको उच्च जोखिममा परेपछि बास खोज्दै गाउँले जङ्गल पस्नुपरेको हो । भूकम्पले चर्केको जमिनमा भल पसेपछि जताततै पहिरो झर्न सुरु गरेको गाउँले बताउँछन् । पहिरोले गर्दा केरौंजा १, २, ३ र ४ नं वडाका गाउँ अन्यत्रै सार्नुपर्ने देखिएको छ । तर प्रशासनले जोखिमयुक्त पहिचान भएका बस्ती सुरक्षित ठाउँमा सार्न आलटाल गरिरहेको छ, पहल गरेको छैन । गाउँ पुगेका भूगर्भविद्ले केरौंजावासीलाई बर्खाअघि नै सुरक्षित ठाउँमा सर्न सुझाव दिएका थिए । गाउँलाई अन्यत्रै सुरक्षित ठाउँ खोजेर सार्न आग्रह गर्दै पूर्व गाविस अध्यक्ष सुकबहादुर गुरुङ नेतृत्वको टोलीले स्थानीय प्रशासनमा जानकारी पनि गराएको हो । तर बस्ती सार्न आलटाल भएपछि गाउँले जोखिमयुक्त ठाउँमै बस्दै आएका छन् । कुन बेला पहिरो झरेर अस्थायी टहरा बगाउने हो भन्ने त्रासमा गाउँले छन् । दिनभर कोदो रोप्न गएका गाउँले साँझपख पानी दर्केपछि टहरो छाडेर जङ्गलतिर जानुपर्ने बाध्यता रहेको छ । मासिक रु एक हजार भाडा तिर्दै अर्काको बारीमा सञ्चालन गरिएको केरौंजा मावि पहिरोको उच्च जोखिममा छ । विद्यालयमा ४६५ जना विद्यार्थी पढ्दै आएका छन् । कक्षा ९ मा पढ्दै आउनुभएकी छात्रा सरिता गुरुङले पानी परेपछि विद्यालयमा पढ्न नसकिने बताइन । “त्रिपाल च्यात्तिएको छ,” उनले भनिन् – “पानी परेपछि कक्षाकोठामा गजगज हिलो हुन्छ ।” विद्यार्थीलाई जुकाले पनि सताएको छ । शिक्षक सञ्जय ढकालका अनुसार पानी परेपछि हिलो हुने र माथिबाट पहिरो आउने डरले नियमित पठनपाठन गर्न सकिएको छैन । बर्खाका लागि विद्यालय बन्द गरिएको उनको भनाई छ । पहिरोले खच्चड हिँड्ने घोडेटो बाटो पनि अवरुद्ध हुँदा खच्चड प्रयोग गर्न सकिएको छैन । खाद्यान्न ढुवानीको एकमात्र साधन खच्चड सञ्चालन नहुँदा नुन, तेलजस्ता दैनिक उपभोग्य सामग्रीको अभाव देखिन सुरु भएको छ । पहिरोले विस्थापित भएकाहरुले त्रिपाललगायत राहत सामग्री नपाएको गुनासो गर्दै आएका छन् । यद्यपि पिपुल इन निड, अक्सफामलगायत गैरसरकारी संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी राहत वितरण गरेको जनाएको छ । केरौंजा, कासीगाउँ, मान्वु, बारपाकको स्नान, पोखरी, मान्द्रे, लाप्राक, गुम्दा, मुच्चोकलगायत गाविसका अधिकांश गाउँ सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले निर्णय गरे पनि एउटै गाउँ सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छैन । सरकारले उत्तरी गोरखाका जोखिमयुक्त पहिचान भएका बस्तीलाई पालुङ्टार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाएर सार्ने बताए पनि सो क्षेत्रमा केही काम सुरु भएको छैन । प्रजिअ नारायणप्रसाद भट्टले जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा सार्नेबारे आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । केरौंजा, उहियाको खोर्लाबेँसीलगायत ठाउँका स्थानीयवासीलाई तत्काल सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको भन्दै उनले बर्खापछि सुरक्षित ठाउँ खोजेर दीर्घकालीन रुपमा स्थानान्तरणको काम गरिने जानकारी दिए । जोखिमयुक्त पहिचान भएका बस्तीका गाउँलेलाई पहिरोको त्रास नहुने ठाउँ खोजेर बर्खाभर बस्न आग्रह गरिएको उनले बताए । भूकम्पपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले २२ गाविसका ४३ गाउँ सुरक्षित ठाउँमा सार्नुपर्ने निर्णय गरेको थियो । तर एउटै बस्ती अन्यत्र सार्ने काम भएको छैन । परकम्प र पहिरोको त्रासले भूकम्पपीडित रातमा निदाउन सक्दैनन्, दिनमा काममा जान सक्दैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending