Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस र माओवादीको आग्रह

काठमाडौं, २८ असार । नेपाली कांग्रेस र नेपाल कम्युुनिष्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

\"kp-oli-640\"माओवादी केन्द्रले आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेसको दृष्टिकोणका बारेमा नेता विमलेन्द्र निधिले सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले राजीनामा गरी मार्गप्रशस्त गर्नुपर्ने बताए ।

प्रमुख सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले पदमा रहिरहनुको औचित्य नभएको भन्दै उनले समय खेर नफाली तत्काल राजीनामा गर्न आग्रह गरे । अब बन्ने सरकार बहुमतीय नै हुने स्पष्ट पार्दै नेता निधिले भने, ‘नयाँ सरकारको नेतृत्वको बारेमा भोलि बिहान बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।’

कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ सरकारको नेतृत्व दिने सम्बन्धका मुख खोलेका छैनन् ।

माओवादी केन्द्रले नेकपा एमालेले सो पार्टीसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको छ ।

वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा कांग्रेससँग सहमति भइसकेको जानकारी गराउँदै उनले भने, ‘हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पक्षमा छौँ, सबै दलसँग छलफल गरेर केही दिनमै नयाँ सरकार गठन हुन्छ ।’

कांग्रेस र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि मधेसी दललगायत आन्दोलनरत पक्षका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने वातावरण बनाउने, संविधानले तय गरेका निर्वाचन समयमै सम्पन्न गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग्याउने, भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्र रुपमा अघि बढाउनेलगायतका विषयमा सहमति भएको बुझिएको छ ।

मधेसी दल ‘पर्ख र हेर’को नीतिमा

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको विषयमा मधेस केन्द्रित दलहरु भने ‘पर्ख र हेर’को नीतिमा छन् । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारबाट माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको विषय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लागि खासै महत्व नरहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थका लागि वर्तमान सरकारलाई समर्थन गरेको र व्यक्तिगत स्वार्थमा नै अहिले समर्थन फिर्ता लिएको उनको धारणा थियो ।

‘नयाँ बन्ने गठबन्धनले हाम्रा माग सम्बोधन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छन्, त्यसपछि मात्रै हामी नयाँ सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णयमा पुग्छौं,’ उनले भने ।

सत्ता साझेदार माओवादी केन्द्रको समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेको बताइए पनि संविधानतः अविश्वासको प्रस्ताव पारित नभएसम्म त्यस्तो भन्न नमिल्ने कानुनविद्को ठम्याइ छ ।

संविधानको भाग ३३ मा रहेको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ मा मन्त्रिपरिषदको गठनसम्बन्धी व्यवस्था छ । धारा २९८ को उपधारा ८ मा राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अविश्वासको प्रस्ताव पारित भएमा वा विश्वासको प्रस्ताव पारित हुन नसकेमा, व्यवस्थापिका–संसदको सदस्य नरहेमा र मृत्यु भएमा मात्र प्रधानमन्त्री पदबाट मुक्त हुने प्रावधान छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending