Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पत्नी सीताको नजरमा प्रचण्ड

\"prachanda_shirsha2\"उठ्ने/सुत्ने

१) बिहान कति बजे उठ्नुहुन्छ ? प्राय: पाँच बजे उठ्नुहुन्छ । म साढे चार बजे उठ्छु । २) आफैँ उठ्नुहुन्छ कि तपार्इंले उठाउनुपर्छ ? कहिले आफैँ उठ्नुहुन्छ । कहिले थाकेका दिन, अबेर सुतेका दिन भने ‘ए बुढा अब त उठ्ने वेला भयो’ भनेर मैले ब्युँझाउनुपर्छ । ३) चिया/कफी के रुचाउनुहुन्छ ? स्वास्थ्य ठीक छैन, चिया/कफी केही लिनुहुन्न अचेल । ग्रिन टी हो, हामीले खाने । ४) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? गर्नुहुन्छ । हरेक दिन बिहान टेबुल टेनिस खेल्नहुन्छ । ५) कोसँग कहाँ खेल्नुहुन्छ ? घरमै खेल्नुहुन्छ, सुरक्षाकर्मी भाइहरूसँग । ६) खेल्ने बानी पहिलेदेखि नै थियो ? पहिलेदेखिको त होइन, सुगर देखिएपछि खेल्न थाल्नुभएको हो । ७) राति कतिखेर सुत्नुहुन्छ ? केही कार्यक्रम, बैठक छैनन् भने सामान्यतया साढे दश/एघारमा सुत्नुहुन्छ । ८) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ? ट्रयाक–सुट लगाउनुहुन्छ । ९) कुन पेस्ट प्रयोग गर्नुहुन्छ ? कुन हो त्यो त बिर्सेँ, तर सबैले उहिलेदेखि प्रयोग गर्ने एउटै ब्रान्डको पेस्ट हो । उहाँले प्रयोग गर्ने छुट्टै हुन्न । १०) साबुन कुन प्रयोग गर्नुहुन्छ ? हामीले पहिल्यैदेखि लिरिल साबुन प्रयोग गर्छौँ । उहाँले कहिलेकाहीँ ‘यस्तो साबुनले नुहाउने हो अहिले पनि’ भन्नुहुन्छ । तर, प्राय: त्यसैले नुहाउँछौँ । ११) सेम्पु कुन प्रयोग गर्नुहुन्छ ? पहिला अर्कै लगाउनुहुन्थ्यो, अचेल कपाल झर्न थालेपछि हिमालय ब्रान्डको सेम्पु प्रयोग गर्नुहुन्छ । १२) कपालमा जेल पनि लगाउनुहुन्छ ? जेल न सेल केही लगाउनुहुन्न, बाबु । नचाहिने हल्ला धेरै चलेका छन् । केही लगाउनुहुन्न । १३) कपालमा तेल त लगाउनुहुन्छ ? त्यो त लगाउनुहुन्छ । १४) जुँगामा मेहन्दी लगाउनुहुन्छ कि हुन्न ? केही पनि लगाउनुहुन्न । लगाउने भए कि कालो हुनुपथ्र्यो कि रातो हुन्थ्यो नि । सेतो हुन्थ्यो र ? १५) उहाँको ‘हेयर स्टाइल’ तपाईंलाई मन पर्छ कि पर्दैन ? मन पर्छ । पहिला युद्धकालका वेला कपाल काट्दा म पनि सँगै जान्थेँ । उहाँले हजाम भाइलाई ‘छोटो बनाइदेऊ’ भन्नुहुन्थ्यो । मैले छोटो बनाउन दिन्नथेँ । ‘उहाँले भनेर हुँदैन, अलिकति लामै राख’ भन्थेँ, हजाम भाइलाई । म कराएपछि उहाँ पनि मान्नुहुन्थ्यो । कपाल छोटो बनाएको उहाँलाई राम्रो देखिँदैन । अहिले पनि छोटो बनाउनुहुन्न । १६) एकदम टिपटप देखिनुहुन्छ, त्यसमा तपाईंको भूमिका कत्तिको छ ? त्यो त यस्तो हो, राम्रो देखिन ज्यान पनि मिलेको हुनुपर्छ । कसैले जस्तोसुकै लुगा लगाए पनि राम्रो देखिन्छ । कसैलाई देखिन्न । १७) ‘यस्तो लुगा लगाउनुस्, राम्रो देखिन्छ,’ भनेर तपाईंले पनि भन्नुहुन्छ होला नि ? भन्छु मैले पनि । १८) तपाईंका अरू शीर्ष नेताका पत्नी वा परिवारका सदस्य भेट हुँदा उहाँ कस्तो टिपटप देखिनुभएको भन्छन् होला नि ? सबैसँग त भेटघाट पनि हुँदैन । आरजुजीसँग भेट हुँदा उहाँले भने भन्नुहुन्छ । उहाँहरूसँग राम्रो सम्बन्ध पनि छ । पत्रपत्रिका/टेलिभिजन १९) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ? पढ्नुहुन्छ । तर, फुर्सद नै पाउनुहुन्न । २०) कतिखेर पढ्नुहुन्छ ? फुर्सद भयो भने बिहान नै हो पढ्ने । २१) टेलिभिजन कति हेर्नुहुन्छ ? हेर्नुहुन्छ । २२) कतिखेर हेर्नुहुन्छ ? फुर्सद भए बिहान पनि हेर्नुहुन्छ । प्राय: राति हेर्नुहुन्छ । त्यो पनि कहिलेकाहीँ म कराउँछु । २३) किन नि ? (हाँस्दै) कि नेपाली च्यानल लगाउनुस् कि बन्द गर्नुस् भन्छु । कहिले त रिमोट नै खोस्छु । २४) आफूबारे छापिएका समाचार पढेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? राम्रो समाचार छ भने त केही भन्नुहुन्न । नभएको समाचार रहेछ भने ‘कस्तो हावा लेखेको रहेछ’ भन्नुहुन्छ । २५) कस्ता समाचारले उहाँलाई निराश बनाउँछ ? हुँदै नभएका कुराहरू लेखेपछि त टेन्सन भइहाल्छ नि । त्यस्ता समाचार राम्रो मान्नुहुन्न । २६) पत्रपत्रिकामा आफ्ना कार्टुन छापिएको देख्दा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? हाँस्नुहुन्छ । ‘ओहो, कस्तो ठ्याक्कै मिलाएछ’ भन्नुहुन्छ ।

खाना/खाजा

२७) बिहानको खाजामा के लिनुहुन्छ ? उहाँले पुरी, तरकारी, दही, पराठा मन पराउनुहुन्छ । तर, सुगर र प्रेसरको समस्या छ, सकभर त्यस्तो खाजा म दिन्नँ । सुक्खा रोटी, तरकारी, दूध दिन्छु । दिउँसो प्राय: खाजा खाइन्न । २८) खानामा के मन पराउनुहुन्छ ? दाल, भात तरकारी, हरियो रायोको साग मन पराउनुहुन्छ । २९) माछामासु कत्तिको रुचाउनुहुन्छ ? त्यस्तो एकदमै रुचाउने भन्ने छैन । कहिले खाइन्छ, कहिले खाइन्न । ३०) रातिको खानामा के रुचाउनुहुन्छ ? रातिमा प्राय: मकैको च्याँख्ला, ढिँडो, दाल र तरकारी खान्छौँ । धेरै परिकार पकाउँदैनौँ । ३१) उहाँलाई एकदम मन पर्ने खाना के हो ? मासको दाल, कलकलाउँदो रायोको साग, यस्तै नेपाली खाना । ३२) किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ? आउन त खोज्नुहुन्छ कहिलेकाहीँ । तर, म नै पस्न दिन्नँ । ३३) किन नि ? उहाँले पकाउन थाल्नुभयो भने यता नि फोहोर, उता नि फोहोर पार्नुहुन्छ । मलाई त्यस्तो मन पर्दैन । त्योभन्दा त ‘भयो जानुस्’ भन्छु । ३४) भनेपछि खाना पकाउन रुचि देखाउनुहुन्छ ? रुचि त देखाउनुहुन्छ । समय नै पाउनुहुन्न । उहिल्यैदेखि उहाँ किचनको काम गर्नुहुन्थ्यो । ३५) कस्तो काम गर्नुहुन्थ्यो ? हामी युद्धमा भएका वेला बाँडीचुँडी काम गथ्र्यौँ । उहाँ आफैँ पनि खटिनुहुन्थ्यो हरेक दिन । त्यतिवेला हामीसँगै छोरा प्रकाश पनि हेडक्वार्टरमै थियो, अरू स्टाफ थिएनन् । उसको जिम्मा पोछा लगाउने, लुगा धुने हुन्थ्यो । मैले खाना बनाउँथँे र बुढाको भागमा भाँडा धुने काम थियो । प्राय: आफ्नो भागको काम आफैँ गर्नुहुन्थ्यो, कहिलेकाहीँ प्रकाशले पनि गरिदिन्थ्यो । युद्ध र जीवन ३६) लामो सशस्त्र युद्धको नेतृत्व गर्नुभयो, दु:ख/खुसी कस्तो मान्नुहुन्छ ? सबै अनुभव भयो । दु:खका घटना गनीसाध्य छैनन् । बाँचेर यसरी काठमाडौं आउँला भनेर कसले सोचेको थियो र ? कहिलेकाहीँ देशको अवस्था देख्दा त्यतिवेलै सहिद भएको भए हुन्थ्यो भन्ने लाग्छ । ३७) युद्धका वेला जिउँदै नेता मारिएका समाचार पनि आउँथे, पढ्दा/सुन्दा कस्तो लाग्थ्यो ? कति हो कति आए, त्यस्ता समाचार । अचम्म लाग्थ्यो । यी पत्रकारले के लेख्दा हुन्जस्तो लाग्थ्यो । ३८) परिवारकै सदस्य मारिएका समाचार पनि सुन्नुभयो ? हो नि । हामी नै मारिएको समाचार पनि आए कतिपल्ट । सुनेर हाँस्थ्यौँ, नबुझीकन के लेख्दा हुन् पत्रकारले भन्ने पनि लाग्थ्यो । ३९) त्यतिवेला कुनै दिन भोकभोकै पनि बस्नुभयो ? झुटो बोल्नुहुन्न बाबु । भोकभोकै त कहिल्यै बसेनौँ । जनताका घरमा बसेका हुन्थ्यौँ । गच्छेअनुसार उनीहरूले राम्रै खाना खुवाएर राख्थे ।

फिल्म/गीत–संगीत

४०) फिल्म हेर्न रुचाउनुहुन्छ कि रुचाउनुहुन्न ? रुचाउनुहुन्छ, हेर्नुहुन्छ । कत्ति पनि मन नपराउने त म हो । यो कुरा बाबुरामजी, हिसिलाजीलाई पनि थाहा छ । ४१) अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म रुचाउनुहुन्छ ? हिन्दी हेर्नुहुन्छ । ४२) हलमै गएरै कति हेर्नुहुन्छ ? धेरै कम जानुहुन्छ । कहिलेकाहीँ जाने हो, नत्र टेलिभिजनमै हेर्नुहुन्छ । ४३) कतिखेर हेर्नुहुन्छ टेलिभिजनमा ? राति सुत्ने वेला हेर्नुहुन्छ । ४४) परिवारका सदस्यसँग बसेर फिल्म कति हेर्नुहुन्छ ? कहिलेकाहीँ हेर्नुहुन्छ । ४५) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? सिरियल त हेर्नुहुन्न । ४६) गीत कत्तिको सुन्नुहुन्छ ? गीत–संगीत त एकदमै मन पर्छ उहाँलाई । ४७) कस्ता गीतहरू सुन्नुहुन्छ ? प्राय:  नेपाली लोक गीतहरू सुन्न मन पराउनुहुन्छ । ४८) लोकगीतमा आनन्द मानेर कहिलेकाहीँ नाच्ने पनि गर्नुहुन्छ कि ? त्यस्तो नाँच्ने त होइन, कहिलेकाहीँ नाच्नु पनि भएको छ । रेस्टुरेन्ट/खाजा ४९) खाना/खाजा खान बाहिर रेस्टुरेन्ट कति जानुहुन्छ ? जानुहुन्न बाहिर त । ५०) कहिलेकाहीँ बाहिर गएर खाउँ भन्ने लाग्दैन ? एक नम्बरमा त मलाई नै त्यस्तो मन पर्दैन । जस्तो होस्, घरमै पाकेको खान मन लाग्छ । उहाँलाई पनि अचेल बाहिरको खान मिल्दैन बिरामी भएका कारण ।

घर–परिवार

५१) लाजिम्पाटमा परिवारका सदस्य को–को बस्नुहुन्छ ? अहिले त कोही पनि छैन, हामी बुढाबुढी मात्रै हो । ५२) तपाईंसँग राजनीतिक गफ कति गर्नुहुन्छ ? गर्नुहुन्छ । पार्टीभित्रको र समग्र राजनीतिको विषयमा पनि कुराकानी हुन्छ । ५३) तपार्इंले राजनीतिक सुझाब कत्तिको दिनुहुन्छ ? दिन्छु मैले पनि । ५४) तपाईंको सुझाब मान्नुहुन्छ कि मान्नुहुन्न ? मान्नुहुन्छ । मैले भनेका र दिएका सुझाब नै अहिलेसम्म लागू हुँदै आएका छन् । यो कुरा पार्टीलाई पनि थाहा छ, उहाँलाई पनि थाहा छ । पछिल्लो समय ‘जसरी पनि संविधान बनाउनुपर्छ’ भनेर मैले पटक–पटक उहाँलाई भन्ने गरेकी थिएँ । ५५) पछिल्ला दिनहरूमा तनाव कत्तिको लिनुभएको थियो ? एकदम तनाव नै थियो । ५६) कुन विषयमा ? यिनै कुराहरूमा नि । संविधान बन्छ कि बन्दैन, दलहरूले के गर्छन्, नेताहरूले के गर्छन् भन्ने विषयमा। ५७) आफ्नै पार्टीका नेताहरूबाट पनि संविधान निर्माणमा असहयोग भयो भन्ने गुनासो कति गर्नुहुन्थ्यो ? असहयोग भएकै हो नि । कुरा गर्नुहुन्छ । ५८) परिवारका बाहिर रहेका सदस्य र आफन्तलाई बोलाएर सँगै खाने, गफ गर्ने कति गर्नुहुन्छ ? गर्नुहुन्छ नि । आज(बिहिबार) बिहान मात्रै माइली छोरी आएकी थिई । उसलाई ‘पराठा पका’ भन्नुभयो । छोरीले ‘आलु पराठा त आमाले तपाईलाई खान दिनुहुन्न’ भन्दै थिई । ‘जे को बनाएपनि बना’ भन्नुभयो । अनि, प्याज मसिनो गरेर काटेर पराठा बनायौं । ५९) मन लागेको खान नपाउँदा त्यस्तो वेला तपाईसँग झर्किने कत्तिको गर्नुहुन्छ ? कहिले काँही अलिअलि झर्किनुहुन्छ ।

लुगा/पहिरन

६०) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? लुगामा त एकदम सचेत हुनुहुन्छ । ६१) के लगाउन रुचाउनुहुन्छ ? कोट, पाइन्ट, सर्ट लगाउन रुचाउनुहुन्छ । ६२) आइरन आफैँ गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? पहिला–पहिला त गर्नुहुन्थ्यो । अचेल गर्नुहुन्न । युद्धकालमा त ‘लौ न मेरो साडीमा पनि आइरन गर्न सघाइदिनुस्’ भन्यो भने सघाइदिनुहुन्थ्यो । ६३) उहाँको लुगामा तपाईंले आइरन कत्तिको गरिदिनुहुन्छ ? मैले त गरिदिन्नँ बाबु, नगरेको कुरा गर्छु कसरी भन्नु ? ६४) नजानेर नगर्नुभएको कि फुर्सद नभएर ? नजानेर नगरेको हो । सिकेको भए त जानिन्थ्यो पनि होला, सिकिएन । ६५) उहाँका लागि लुगा कसले किनिदिन्छ ? हामीले नै किनिदिन्छौँ । प्राय: छोराले ल्याइदिन्छ, छोरीहरूले ल्याइदिन्छन् । ६६) लुगा किन्न आफैँ पसलसम्म पुग्नुभएको छ कि छैन ? १०/११ वर्ष भयो, पसलमा आफैँ किन्न जानुभएको छैन । ६७) उहाँले कस्तो रङको लुगा धेरै मन पराउनुहुन्छ ? सर्ट सेतो रङको मन पराउनुहुन्छ । पाइन्ट र कोट कालो मन पराउनुहुन्छ । ६८) कहिले कालो चस्मा लगाउन भएको छ कि छैन ? कालो चस्मा त लगाउनुहुन्न ।

तलब/खर्च

६९) आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि हुन्न ? सबै घरको हेर्ने मैले नै हो । पैसा पनि मैले नै राख्छु । ७०) आफूले कति राख्नुहुन्छ ? आफूले राख्नुहुन्न । मैले नै उहाँको पर्समा राखिदिने हो । ७१) कति राखिदिनुहुन्छ ? दुई/चार हजार राखिदिन्छु । त्यो पनि कसैले झिकिदिन्छन् कि, कसैलाई दिनुहुन्छ कि भन्ने हुन्छ । ७२) एक दिन राखिदिएको पैसा कति दिन पुर्‍याउनुहुन्छ ? पाँच/सात दिन पुर्‍याउनुहुन्छ । उहाँको खर्च केहीमा पनि हुन्न । ७३) तपाईंसँग पैसा कत्तिको माग्नुहुन्छ ? माग्नुहुन्छ । ‘पर्स रित्तो भयो, पैसा देऊ’ भन्नुहुन्छ, अनि मैले अड्कलेर राखिदिन्छु । ७४) सबैभन्दा धेरै रकम कति दिनुभएको छ ? १० हजारसम्म दिएकी छु । ७५) किन यति धेरै ‘टाइट’ गर्नुभएको नि ? टाइट होइन नि । मैले घर पनि त चलाउनुपर्‍यो नि । ७६) उहाँलाई पैसा दिएको घटना जुन तपाईंलाई एकदमै याद आउँछ ? उहिलेको घटना हो । हाम्रो सानैमा बिहे भएको । उहाँ पनि अल्लारे केटो नै हुनुहुन्थ्यो । एक दिन फिल्म हेर्न मन लागेछ । म खेतमा मल बोक्दै थिएँ, पैसा माग्नुभयो । मैले पाँच रुपैयाँ दिएँ । अनि, खुसी हुँदै फिल्म हेरेर आउनुभयो । त्यो घटना एकदम सम्झिन्छु ।

रिसाउने/खुसी हुने

७७) रिसाउने बानी कति छ ? मभन्दा उहाँको रिस कम हो । म अलि लामो समय रिसाउँछु बरु । उहाँ त एकछिन मात्रै रिसाउनुहुन्छ । ७८) कस्ता कुरामा रिसाउनुहुन्छ ? कहिलेकाहीँ स–साना कुरा, कहिले राजनीतिक कुरामा पनि रिसाउनुहुन्छ । रिसाउनेभन्दा पनि ‘बहस’ हुन्छ भनौँ । ७९) बुढाबुढी रिसाउँदा पहिले को बोल्नुहुन्छ ? पहिला उहाँ नै बोल्नुहुन्छ । अहिलेसम्मको इतिहासअनुसार उहाँ नै पहिले बोल्ने हो । उहाँ बोलेपछि म पनि बोलिहाल्छु । ८०) रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ? पहिले–पहिले पिट्नुभयो होला, त्यस्तो ठ्याक्कै याद छैन । हामीबीच रिस भन्ने कहिल्यै भएन, त्यसैले मायाले नै पिट्नुभयो होला । न कहिले मैले उहाँमाथि शंका गरेँ, न उहाँले नै ममाथि शंका गर्नुभो । ८१) माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ? माया गरेर बोलाउने नाम त छुट्टै छ, नभनौँ अहिले ।

दु:खी र खुसी

८२) कस्ता कुरामा खुसी मान्नुहुन्छ ? देशको माहोल, राजनीति सबै ठीक ठाउँमा आयो भनेपछि खुसी हुनुहुन्छ । ८३) पछिल्लो समय कहिले खुसी हुनुभयो ? संविधान बनेकोमा खुसी हुनुभो । ८४) कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ? कहिलेकाहीँ त गुनगुनाउनुहुन्छ । ८५) कस्तो वेला ? कपडा लाउने वेला र अलि खुसी भएको वेलामा गुनगुनाउनुहुन्छ । खुसी भएको वेला त उहाँलाई सम्हाल्नै पनि गाह्रो हुन्छ । अरूलाई भन्दा पनि मलाई गाह्रो हुन्छ । ८६) त्यस्तो कुनै घटना सुनाउनु न ? माओवादीले दाङको होलेरी हानेको वेला हामी भारत जयपुरको होटेलमा बसेका थियौँ, दुई दिनसम्म राति–राति गाडीको गाडीमै हिँड्यौँ । होटेलमा बसौँ, इन्डियन च्यानलहरूले सबै फोटो देखाइरहेका थिए, पक्राउ परिएला भन्ने डर । आग्रा, आग्राबाट जयपुर, तीन रात गाडीमै हिँड्यौँ । त्यो वेला उहाँ एकदमै खुसी हुनुभाथ्यो । ‘चुप लागेर बस्नुस् है, अरूले चिन्लान्’ भनेर उहाँलाई अलिकति कन्ट्रोल नै गर्नुपर्‍यो ।

उपहार

८७) तपाईंलाई उपहार कतिको दिनुहुन्छ ? जन्मदिनका दिन ‘केक ल्याएर मनाउनुपर्छ’ भन्नुहुन्छ । ‘ममीले के भन्छे, त्यो ल्याइदेओ’ भनेर छोराछोरीलाई अह्राउनुहुन्छ । ८८) अरू उपहार दिनुहुन्न ? अहिलेसम्म त्यस्तो केही ल्याइदिनुभएको छैन । उहिले उहाँले गोरखाको आरुघाटमा पढाउँदा म २२/२३ वर्षकी थिएँ होला । दुइटी छोरी जन्मिसकेका थिए । त्यो वेला एउटा कटनको साडी ल्याइदिनुभएको थियो । त्यो कहिल्यै बिर्सिन्नँ म । त्यो साडीको त कलर नि बिर्सन्नँ, गुलाबी–गुलाबी रङको थियो ।

रक्सी/चुरोट

८९) केही अम्मल छ कि छैन ? यो उमेरसम्म कहिल्यै ढाँटिएन, अलि–अलि खानेलाई खाने त भन्नैपर्छ । ९०) चुरोट खैनी खानुहुन्छ कि खानुुहुन्न ? अहिले चुरोट, खैनी केही खानुहुन्न । पहिला अलि–अलि चुरोट खानुहुन्थ्यो । अरूजस्तो पूरै प्याकेट किन्नेचाहिँ होइन । एउटा किन्ने, फेरि खान मन लागे अर्को किन्ने । ९१) छाडेको कति भयो ? ११ वर्ष जति भयो होला छाडेको । ९२) कुन चुरोट खानुहुन्थ्यो ? याक होला भन्छु है म । ९३) रक्सी खानुहुन्छ कि खानुहुन्न ? रक्सी पनि त्यस्तो धेरै होइन, कहिलेकाहीँ खाने हो एक/डेढ प्याग । खानुपर्दा मैले नै हालिदिने हो । सुगर छ, प्रेसर छ, ‘यतिभन्दा धेरै खानुहुन्न’ भनेर अड्कलेर हालिदिन्छु । धेरै दिँदा दुई प्याग दिने हो । ९४) अस्ति संविधानसभाले नयाँ संविधान बनायो, त्यो खुसीमा कति खानुभयो ? संविधान बनाएर आएपछि ‘थोरै खाउँ न त’ भन्नुभयो । दुई प्याग दिएँ । ९५) एकपटक रक्सी खाएर चस्मा नै बिर्सिनुभएको थियो, थाहा पाएपछि तपाईंले केही भन्नुभयो ? त्यो त वाहियात कुरा रहेछ । उहाँलाई सोधेँ, गाली पनि गरेँ । ‘चस्मा छोडेको होइन, बिर्सिएर छुटेको हो’ भन्नुभो । अलि–अलि त खानुभएकै हो, तर चस्मा छुट्ने गरी खानुभएको थिएन । बढाएर भने मान्छेहरूले । ९६) युद्धकालमा कति रक्सी खानहुन्थ्यो ? युद्धकालमा रोल्पातिर हुँदा पासाङजी हुनुहुन्थ्यो, उहाँसँग बसेर कहिलेकाहीँ कोदोको खानुहुन्थ्यो ।

फोन/इन्टरनेट

९७) सामाजिक सञ्जालमा कति रमाउनुहुन्छ ? उहाँ चलाउनुहुन्न । म पनि ‘नचलाउनुस्’ भन्छु । ९८) किन नि ? मलाई मन पर्दैन । यता हेर्‍यो, उता हेर्‍यो दिमाग खराब मात्रै । हस्तक्षेप नै गर्ने कुरा त आउँदैन । उहाँले पनि चलाउन त्यति मन गर्नुहुन्न ।

ठट्टा/रमाइलो

९९) ठट्टा गर्ने, रमाइलो गर्ने बानी कति छ ? हाँस्ने, रमाइलो गर्न भने मन पराउनुहुन्छ । १००) जोकहरू सुन्ने/सुनाउने कति गर्नुहुन्छ ? त्यो त गर्नुहुन्न । १०१) सार्वजनिक कार्यक्रममा तपार्इंलाई प्राय: हाँसेको देखिँदैन, घरमा उहाँले हँसाउन कोसिस कति गर्नुहुन्छ ? म त्यति हाँस्ने, हाहा–हुहु गर्दिनँ । म यो कुरा स्विकार्छु । तर, घरमा त हाँसिहाल्छु नि । हाँस्ने कुरामा हाँसिन्छ, सिरियस हुने कुरामा सिरियस भइन्छ । नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy