Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नयाँ दासयुगमा आजका युवा

दास युग मानव सभ्यतामा सताब्दीऔंअघि नै अन्त्य भईसके पनि बदलिएको समयअनुसार दासताको स्वरुप बदलिएको छ । तत्कालीन दास युगमा दासहरुलाई काबुमा ल्याउन कोर्राको प्रयोग गरिन्थ्यो । वर्तमानमा दासहरुलाई प्रयोग गर्न सुन्दर र सौम्य तरिकाले कोरा आर्दश र सपनाको खेती गरिन्छ । तत्कालीन दासहरु खानका लागि खोरमा थुनिन्थे, वर्तमानमा एक पेट खान जन्मभूमिलाई चटक्कै माया मारेर मुग्लान जानुपर्छ । तत्कालीन दास युगमा खुट्टामा नेल र हातमा हतकडी लगाइन्थ्यो । वर्तमानमा फोस्रा आर्दशका अदृष्य हतकडी मुटुमा लगाइन्छ । एक जना अन्तर्राष्ट्रिय राजनेताले भनेका थिए “युवाहरु बिहानको घाम हुन् । युवाहरुको हातमा संसार छ ।” तर, वर्तमान नेपालको परिवेशलाई सरसर्ती हेरियो भने यो भनाइ गलत हुनजान्छ । युवाहरुको हातमा संसार होइन, बेरोजगार वर्तमान छ र हातमा छ जाली तमसुक र पासपोर्ट । युवाहरु बिहानको उदाउँदो घाम होइनन्, जन्मजात नै बेरोजगारी र ऋणको भारी बोकेर जन्मन्छन् । पछिल्लो तथ्याङकअनुसार युवाहरुको विदेश पलायन मात्रात्मक रुपबाट गुणात्मकतर्फ अघि बढिरहेको देखिएको छ । यही क्रम जारी रहने हो भने आगामी पचास वर्षमा नेपालबाट करिव ९० प्रतिशत युवाहरु विदेसिने अवस्था देखिन्छ । यो प्रतिशत भनेको कुनै पनि राष्ट्रका लागि भयावह अवस्था हो । जति अनुपातमा विदेशिएका छन्, त्यसको केही प्रतिशत युवाहरु प्रत्येक दिन बाकसमा बन्द भएर नेपाल फर्कन्छन् । कति नेपालीयुवाहरु जेल पर्छन् । परदेशिएका युवाहरुको पारिवारिक अवस्था कम दर्दनाक छैन । घरबारी बन्दकी राखेर बिदेश जान चाहने युवा दलालले फसाएपछि रुँदै गल्लीगल्ली हिँडिरहेका भेटिन्छन् । एक पेट खानकै लागि भौंतारिनुपर्ने यो अवस्था नेपालमा गणतन्त्र नामको व्यवस्था आएपछि झनै बढेको विज्ञहरु बताउँछन् । यो बाध्यताप्रति न सरकारले आफ्नो कर्तव्य ठानेको छ न सरोकारवालाहरुलाई मतलब नै छ । देशका नेताहरु आफ्नो अनुकुलतामा युवाहरुलाई प्रयोग गर्छन् अनि प्रयोगपछि मूल्यहीन वस्तु बनाई फ्याँकिदिन्छन् । युवाहरु पनि नेताहरुलाई बुइ चढाई सत्ताको स्वादिष्ट भ¥याङमाथि उकालीदिन्छन् अनि सडकमा बसी घृणित राजनीति टुलुटुल हेरिबस्छन् । नेपालका आन्दोलन र क्रान्तिहरु युवाहरुको बलिदानले अजमाएका अमर इतिहासहरु हुन् । राजनीतिक परिवर्तनका प्रत्येक श्रृङ्खलाहरुमा युवाहरुले अग्रस्थानमा रहेर भूमिका निर्वाह गरेका छन् । तर कहाँनिर युवाहरुको मूल्याङ्कन भयो ? यतिका परिवर्तनहरु भए भनियो तर किन समाजमा युवाहरु बेरोजगार भएर बस्नुप¥यो ? किन युवाहरुले जन्मभूमि छाडेर परदेशिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएन ? आज सचेत युवा वर्गले सोच्न ढिला भइसकेको छ । आज नेपालका नयाँ दास–मालिकहरु रेमिट्यान्सले मुलुक समृद्ध बन्नेछ भन्दै युवाशक्तिको पलायनतालाई प्रश्रय दिइरहेका छन् । विश्वविद्यालयहरु बेरोजगार युवा उत्पादन केन्द्रमा परिणत भइरहेका छन् । चाहे गोर्खाली फौजको नाममा होस् या आज रोजगारीको नाममा, नेपालमा युवाशक्ति बिक्री गर्ने परम्परा कहिल्यै रोकिएन । नेपालमा युवाहरु घरबारी बन्दकी राखेर विदेशी माटोमा कौडीको भाउमा आफ्नो अमूल्य जीवन बिक्री गरिरहेका छन् । समाजमा हिजोका तिनै सामन्तहरु घरबारी बन्दकी राखेर ऋण दिने ऋणदाता भएका छन् । हिजोका मालिकवर्गका चम्चे–भरौटेहरु नै बैदेशिक दलाल भएका छन् । भ्रमको खेती गरेर दलालहरुले सोझा नेपाली युवाहरुलाई विदेश पठाउँछन् । खुलमखुला कार्यालय खोलेर मानव बेचबिखन गरिरहेका छन् । इमानदार नेपाली युवाहरुलाई जालझेल र षडयन्त्रमा फसाएर दलाल चिल्लो कारमा हुइँकिरहेका छन् । सरकार फरमान जारी गर्छ– “यो वर्षमा यति रेमिट्यान्स भित्रियो ।” समाजमा अन्य युवाको कुरा छाडौं, जनयुद्धमा सुन्दर सपनाको परिकल्पना गरेर जीवनको पर्बाह नगरी युद्धमा होमिएका युवाहरु, घाइते छापामारहरु समेत विदेश पलायन भइसकेका छन् । यो देशका मालिक वर्गलाई कुनै मतलब छैन । यसबाट के देखिन्छ भने यो सताब्दीमा पनि श्रमजीवी, गरिव, किसानवर्ग दासताको जन्जीरबाट मुक्त भइसकेको छैन । दासत्वको स्वरुप फेरिएको मात्र छ । विदेश पलायन र युवाहरुमा छाएको दास मनोवृत्तिलाई सूक्ष्म ढंगले केलाउन आजका विद्वान्–विदूषी भनिएकाहरुले आवश्यक ठानिरहेका छैनन् । निश्चय नै युवाहरु भोलिको समाज सञ्चालनकर्ताहरु हुन् । युवाहरु विदेश पलायन हुनुमा नेपालका तथाकथित शासकवर्गलाई मतलब नहुनुको कारण खोज्न ढिला भइसकेको छ । यो विषयलाई जति ओझेल पारियो, उति आफ्नो लूटको साम्राज्य मजबुत हुन्छ भन्ने स्वार्थ अन्तर्निहित छ । विदेश पलायन हुने युवाहरु कुन वर्गका हुन् ? सोचनीय विषय यहींनिर रहेको छ । स्मरण रहोस्, ती विदेश पलायन हुने सम्पूर्ण युवाहरु नेपालका श्रमजीवी, गरिब, किसान वर्गका युवाहरु हुन् । मालिकका छोराछोरीहरु विदेश पलायन भएका होइनन् । उनीहरु त विदेशका महँगा विश्वविद्यालयहरुमा उच्चशिक्षा हासिल गर्न गएका हुन् । मालिकहरु आफ्ना छोराछोरीको उच्चशिक्षाका लागि विदेशी विश्वविद्यायलमा पढ्न पठाउँछन् र गरिबका छोराछोरीलाई बुर्जवा शिक्षा भन्दै सडकमा टायर बाल्न लगाउँछन् । एउटा किसानको छोरो पाँच वर्ष कतार बसेर गैरीखेतको ऋण तिर्न आइपुग्छ । त्यसैगरी एउटा सम्भ्रान्तको छोरो कसरी दासहरुको मालिक बन्ने भन्ने विद्या आर्जन गरेर फर्कन्छ । विदेश पलायनतालाई रोकेर किन शासकवर्ग नेपालमै रोजगारी सिर्जना गर्न चाहँदैन ? यो प्रश्नप्रति गम्भीर भएर सोच्नु आवश्यक छ । मालिकहरु चाहन्छन्, दासहरुले जसरी हुन्छ मेरो पाउ मोलिदिऊन् । लूटको साम्राज्य मच्चाइरहन पाऊँ । लाखौं युवाहरुले सामाजिक विभेदको वास्तविक कारण कहिल्यै थाहा नपाऊन् । सामाजिक असमानताप्रति कहिल्यै सजग नहोऊन् । उनीहरु सधैं पूर्वजन्मको भाग्यलाई दोष दिएर बसिरहून् । अनि विदेशिएर यो शताब्दीको बिक्रीको वस्तु बनिरहून् । यो उनीहरुको वर्गीय दृष्टिदोष हो । यही वर्गीय चरित्रका कारण नेपालबाट गरिब भिखमग्गाका छोराछोरीहरु पलायन हुनुमा उनीहरुलाई कुनै टाउकोदुखाइको विषय भइरहेको छैन । आजको युगका दास–मालिकहरुको अन्तर्यको सत्य कुरा यही हो । आज विश्व नै एउटा गाउँमा परिणत भएको छ  । यस्तो अवस्थामा विदेश जानु आफैंमा नराम्रो होइन । समाजका नवसामान्त वर्गले थोपरिदिएको बेरोजगारीको बिल्लाप्रति आजका युवाहरुले गम्भीर भएर नसोच्ने हो भने नेपाली समाजमा दासयुगको अन्त्य हुन अझै शताब्दीऔं लाग्न सक्छ । माथि चर्चा गरिएका विषयहरुबाट प्रष्ट बुझिन्छ कि नेपालमा नयाँ परिमार्जित दास युगको अन्त्य भइसकेको छैन । स्पार्टाकसले तोडेको दास युग आज पनि समाजमा अवषेशको रुपमा अस्तित्वमा छ । दासयुगको अन्त्य गर्न युवाहरु सचेत भएर जुट्नु आवश्यक छ । जनताले चाहेको जनताको कानुन आजका नयाँ दास–मालिकहरुबाट प्राप्त हुन्छ भनेर सोच्नु मुर्खतासिवाय अरु केही हुन सक्दैन । आफ्नो भाग्य आफैं कोर्नु पर्दछ । विश्वमा युवाहरुले रचेका विजयका महागाथाहरु प्रशस्तै छन् । भगतसिंह पनि युवा नै थिए । चे ग्वेभारा पनि युवा नै थिए । नयाँ मालिक वर्गले थोपरिदिएको दासताको नयाँ जन्जिरलाई तोड्न युवाहरु जाग्नु आवश्यक छ । नवसामन्तका छोराछोरीहरु महँगा विदेशी विश्वविद्यालयमा पढेर किताबी विद्वान् बन्न सक्छन् भने श्रमजीवी युवाहरु अन्याय–अत्याचार, विभेद र असमनताले दमित बनाइएको जीवन पढेर वास्तविक विद्धान् बन्न किन नसक्ने ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies