Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पूर्व एमालेले एमाओवादी सुधार्ने दिए पाँच टिप्स

काठमाडौं, एमालेबाट एमाओवादीमा प्रवेश गरेका असन्तुष्ट पक्षले प्रतिवेदन सहित छुट्टै भेला गरेपछि आत्तिएको एमाओवादी नेतृत्वले असन्तुष्ट पक्षलाई नआत्तिन आग्रह गर्दै संविधानसभाबाटै संविधान बनाउने पार्टीको अन्तिम बटमलाइन भएको बताएका छन् । शुक्रबार पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेको असन्तुष्ट पक्षको टोली समक्ष प्रचण्डले पार्टीमा विभिन्न समस्या रहे पनि पार्टीको अन्तिम बटमलाईन संविधानसभाबाटै संविधान बनाउनेमा नेतृत्व अडिक रहेको बताए । भेटमा प्रचण्डले असन्तुष्ट पक्षले उठाएको विषय गम्भीर रहेको बताउँदै त्यसले कम्युनिष्ट आन्दोलनमा नयाँ दिशा दिने बताएको भेटपछि प्रचण्डलाई उदृत गर्दै असन्तुष्ट पक्षका टाेली सदस्य निर्मल भट्टराईले बताए । एमालेबाट एमाओवादीमा प्रवेश गरेका असन्तुष्ट पक्षका तर्फ रामचन्द्र झाले नेतृत्व गरेको ७ जनाको प्रतिनिधि मण्डलले एमाओवादी अध्यक्ष प्रचण्ड तथा पार्टी नेता बाबुराम भट्टराईलाई भेटेर उनीहरुले आफुहरुलाई भाग खान आएको भन्ने गरिएको गुनासो गरेका थिए । असन्तुष्ट पक्षले प्रचण्ड तथा भट्टराई समक्ष पार्टीमा सैद्धान्तिक, वैचारिक र सांगठनिक समस्या गम्भिर रुपमा देखा परेको भन्दै त्यसको समाधान गर्न आग्रह गरेका थिए । पाँच टिप्स दिएका थिए । पहिलो मार्ग निर्देशक सिद्धान्तमा स्पष्ट होउ, नौलो जनवादबारे धारणा स्पष्ट पार, एमाले धारको वास्तविकता बुझनु पर्ने, माओवादी घटकहरुका बारे स्पष्ट होउ, समाजवादबारे धारणा स्पष्ट पार्नु पर्ने । भेटका क्रममा प्रचण्डले आफुहरुको आन्दोलन सत्तापक्षलाई दबाब दिन मात्र केन्द्रीत रहेको भन्दै आन्दोलन सत्तारुढ दलहरुलाई झुकाउन केन्द्रीत रहने समेत बताएका थिए । असन्तुष्ट पक्षको भेलामा प्रस्तुत गरिएको प्रतिवेदन सो प्रतिनिधि मण्डलले प्रचण्डलाई औपचारिक रुपमा प्रदान गरेको थियो । पार्टीमा समस्या रहेको भन्दै भेटका पार्टी नेता भट्टराईले आफुले पार्टीको समस्या समाधान गर्दै लामो समय देखि बहस गरी रहेको बताएका थिए । भेटघाट लाजिम्पाटमा झण्डै तीन घण्टा चलेको थियो । भेटकाक्रममा असन्तुष्ट पक्षको तर्फबाट झा, धर्मदत्त देवकोटा, निर्मल भट्टराई, विषमलाल अधिकारी, ओम वाग्ले, लक्की शेर्पा, र हरी दाहाल रहेका थिए । उर्मिला अर्याल विरामी भएका कारण सो भेटका क्रममा उनी सहभागी हुन नसकेकी जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy