Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दलहरु एकमुष्ट रुपमा यस्तो सहमति गर्ने प्रयासमा

\"netaharu\"काठमाडौँ, ६ साउन । व्यवस्थापिका–संसद्को कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमति गर्न छलफल सुरु भएको छ ।

दलबीच सरकारका विरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयक पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद यथावत् छ ।

विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताले आज दिनभरि नै छलफल गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि संसद्को बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा सभामुख ओनसरी घर्तीको समन्वयमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि छलफल भएको थियो । सभामुख घर्तीले शीर्ष नेतासँगको छलफलपछि सकारात्मक संवाद भएको र शुक्रबारको संसद् बैठक अगाडि नै सहमति जुट्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति देउवाले तीन दलबीच कुरा नमिलेको जानकारी दिए । उनले भने, “प्रधानमन्त्री एकातिर अविश्वासको प्रस्ताव सामना गर्छु भन्नुहुन्छ, अर्कोतिर अविश्वासको प्रस्ताव अघि बढाउन नदिने काम गर्नुभएको छ ।”

निकासका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको प्रस्तावमा सकारात्मक छलफल भए पनि दलीय अडानले कुनै निर्णयमा पुग्न सकिएको छैन । फेरी शुक्रबार शीर्ष नेताबीच पुनःछलफल हुने र संसद् बैठक अगाडि नै सहमति खोज्ने सहमति भएको छ ।

नेता पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसद्मा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राखेको जानकारी दिए । उनले प्रमुख दलबीच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट सहमति गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले प्रस्तुत गरेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान राखेको काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए । सो प्रस्तावका सम्बन्धमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र सरकारमा सहभागी अन्य पार्टीसँग छलफल गर्ने बताएपछि संसद्को बैठक शुक्रबार अपराह्न २ बजेका लागि राखिएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सहमतिका लागि शीर्ष नेताबीच विविध आयाममा छलफल भएको जानकारी दिँदै दलबीच उत्पन्न अविश्वासलाई विश्वासमा रुपान्तरण गरिने बताउ । उनले पुनःशुक्रबार १२ बजे शीर्ष नेताको बैठक बस्ने र सहमतिको लागि प्रयास गरिने उल्लेख गरे ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वरिष्ठ नेता पौडेलको प्रस्तावमाथि छलफल भएको जानकारी दिँदै सहमतिका लागि थप एक दिन संसद् बैठक सारिएको बताए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending