Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्पपीडितको खातामा दश करोड

\"Bhukampapidit\"नुवाकोट, ६ साउन । सरकारले नुवाकोटका भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम प्रदान गर्न थालेको छ ।

यसै साताबाट पीडितको खातामा पहिलो किस्ताबापत रु ५० हजार प्रदान गर्न थालेको हो ।

नुवाकोटका निजी आवास अनुदानका लागि ३० हजार ९४४ भूकम्पपीडितसँग सम्झौता भएको छ । सरकारको तथ्याङ्कअनुसार जिल्लामा ६५ हजार ७७३ भूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा छ ।

अहिलेसम्म दुई हजार ३९ परिवारका लागि रु १० करोड १९ लाख ५० हजार प्रदान गरिएको छ । बैंकले उक्त रकम पीडितको खातामा राखिदिइसकेको छ ।

मनकामना, तलाखु, लच्याङ, जिलिङ, बुधसिङ गाविसको लाभग्राहीका लागि पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत पीडितको खातामा राखिदिएको जिविस नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए ।

तलाखु गाविसका ७१० परिवारका लागि रु तीन करोड ५५ लाख, लच्याङ गाविसका २३ परिवारका लागि रु ११ लाख ५० हजार, जिलिङ गाविसका ५५२ परिवारका लागि रु दुई करोड ७६ लाख निकासा भएको भूकम्पीय पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ नुवाकोटले जनाएको छ ।

यस्तै बुधसिङ गाविसका ५४६ परिवारलाई रु दुई करोड ७३ लाख, मनकामना गाविसका २०८ परिवारका लागि रु एक करोेड चार लाख पीडितको खातामा पठाएको हो । नुवाकोटका ११ वटा गाविसमा विभिन्न समस्याका कारण अनुदान सम्झौताको अभियान अघि बढ्न सकेको छैन ।

घ्याङफेदी, सामरी, बुङताङ, गणेशस्थान, काहुले, तुप्चे, थानापति, सूर्यमति, पञ्चकन्या, थानसिङ र शिखरबँेसी गाविसमा अनुदान सम्झौताको काम अघि बढ्न नसकेको हो । शिखरबँेसी गाविसमा गुठीको जग्गा धेरै भएकाले सरकारले गुठीको समस्या समाधान गर्न नसकेका कारण अनुदान सम्झौतामा ढिलाइ भएको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending