Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

के भने विप्लवले आफ्ना नेता पक्रिएकोमा ?

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ता पक्राउ गरेकोमा कडा विरोध जनाएका छन् । सबै नेता–कार्यकर्तालाई सम्मानजनक ढंगले तत्काल रिहाई नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी विप्लवले दिएका छन् । नेता विप्लवद्वारा शुक्रबार साँझ प्रेषित विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ– ‘नेपाल सरकारले भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली विद्युत परियोजना राष्ट्रघाती हुँदाहुँदै पनि निर्माण गर्न दिएकोबारे हाम्रो पार्टीलगायतका अन्य पार्टी, देशभक्त स्थानीय जनताले विरोध गर्दै आएको सर्वविदितै छ । अपर कर्णाली जहाँ यही लगानीमा ४१०८ मेघावाट विजुजी निकाल्न सकिन्छ । तर केवल ९०० मेघावाट मात्र निकालिएको छ । त्यहाँबाट उत्पादित विजुली सिधै भारतको बरेली लगिनेछ । र नेपाललाई बेरलीबाट केवल १०८ मेघावाट मात्र विजुली दिने भनिएको छ । साथै जीएमआरुले एडीपीबाट सहयोग र ऋण लिएर उत्पादन गर्ने भनेको छ । त्यही रकम नेपालले एडीपीबाट लिएर उत्पादन गर्न सक्दथ्यो । त्यस्तो राष्ट्रघाती सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने लगानी बोर्डका कार्यकारी अधिकृत राजेश पन्तको विरोध गर्ने चेतावनी दिने र सचेत गराउने उद्देश्यले गरिएको कार्यक्रमबाट फर्किने क्रममा असारे काका, पदम राई, गणेश गुडके, साहस भट्ट, ललित बि.क., देव पौडेल, फुर्वा लामा, कृष्ण पुडासैनी, करणसिंह बडाल, विकास रोकाय, कुम्भ बुढा, बालकृष्ण भट्ट, राजु रसाइली, राजन कौशल, प्रेम दर्नाल, विवेक लामा र गणेश बि.क. लगायतका नेता कार्यकर्तालाई यो दलाल सरकारको निर्देशनमा प्रहरीले गिरफ्तार गरेको छ । नेपालको जलश्रोत र प्राकृतिक साधन श्रोतमाथि भारतले लामोसमयदेखि दोहन गर्दै आएको छ । यसैक्रममा पछिल्लोक्रममा अपर कर्णाली, उपल्लो मस्र्याङ्गी, अरुण तेस्रोमा एकै किसिमको राष्ट्रघाती पीडीए र पीटीए गरेको छ । सरकार आफैंले राष्ट्रघात नगर्नुपर्ने र राष्ट्रघात गर्नेलाई कडा कार्बाही गर्नुपर्नेमा राष्ट्रघात गर्नेको विरोध गर्दा उल्टै गिरफ्तार गर्ने काम गरेको छ । सरकारको यो कार्यप्रति हाम्रो पार्टी घोर विरोध र भत्र्सना गर्दछ । प्रहरीद्वारा गिरफ्तार गरिएका हाम्रा सबै नेता कार्यकर्ताहरुलाई ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा तत्कालै कडा संघर्ष गर्न बाध्य हुनेछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending