Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मधेसी माेर्चाको माग सम्बोधन गर्न कांग्रेस–माओवादी सहमत

\"meetingकाठमाडौं, ७ साउन । केपी ओली नेतृत्वको सरकार विस्थापित गरी नयाँ गठबन्धनका साथ अघि बढेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने सहमति गरेका छन् । शुक्रबार मोर्चासहित बसेको कांग्रेस–माओवादी बैठकमा मोर्चाको माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । दुई दलको प्रतिवद्धताअनुसार मोर्चा पनि आन्दोलन छाडेर नयाँ गठबन्धनलाई सघाउन तयार देखिएको छ । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितता मागेका थिए । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनुअघि कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै मधेसी, जनजाति तथा असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने तीन दलबीच सहमति भएको हो । कांग्रेस–माओवादीबीच भएको सात बुँदे सहमतिको पहिलो बुँदामा ‘नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने’ उल्लेख छ । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताए । बैठकले प्रधानमन्त्रीको राजिनामा पनि नमाग्ने र अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । मोर्चाको माग पूरा गर्ने प्रतिवद्धतासँगै तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने पनि निर्णय गरेका छन् । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिन तयार नभइ एकपछि अर्को खोँचे थाप्ने काम मात्रै गरेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता नलिने निश्कर्षमा पुगेको नेताहरुले बताए । बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने विकल्पसहितको नयाँ प्रस्ताव पेश गरेका थिए । संसदमा भने बजेट आश्रित विधेयक सम्बन्धि कार्यसूची अघि बढाउने कि अविश्वासको प्रस्ताव भन्नेमा दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरेको एमालेले बजेट आश्रित विधेयक पास नगरी अन्य विषयमा छलफल हुन नसक्ने अडान राख्दै आएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, विमिलेन्द्र निधि, कृष्ण सिटौला, रामबहादुर थापालगायत सहभागी थिए । मोर्चाबाट संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेश लोकतान्त्रिक पार्टीबाट हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णलगायत नेताहरु उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies