Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सरकार परिवर्तन राजनीतिक स्थिरता विरुद्ध ठुलो षडयन्त्र : प्रधानमन्त्री ओली

\"Kp-oli1\"काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरता विरुद्धको ठूलो षड्यन्त्र भएको बताएका छन् ।     पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले मुलुकमा चुनाव हुन नदिने उद्धेश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भुमिका खेलेको बताए   उनले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेको बताए ।   प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उनको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।   अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उनले भने – “हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ, त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ ।” प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिए ।   पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल, प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गरे । उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो भने ‘पुष्पलाल’ र ‘नवयुग’ पत्रिकाको विशेषाङ्क विमोचन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies