Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

मनमोहनदेखि केपी ओली, कसको विशेषता के ?

\"manmohan_madhav_jhalnath_kp\" काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्भवतः आइतबारदेखि कामचलाउ प्रधानमन्त्री हुँदैछन् । ब्यवस्थापिका संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि आइतबार मतदानबाट त्यसको टुंगो लगाइँदैछ । नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको ओली नेतृत्वको सरकार आइतबारको संसदको फैसलासँगै कामचलाउ मात्रै हुनेछ । ओली एमालेको तर्फबाट प्रधानमन्त्रीको अवसर पाएको चौथो ब्यक्ति हुन् । धेरै समयअघिदेखि नै प्रधानमन्त्री हुने लालसा बोकेका ओली केही वर्षअघि निकै विरामी थिए । उनी आफैले पनि आफू बाँच्ने नबाँच्ने निश्चित नभएको भन्दै प्रधानमन्त्री हुने अन्तिम इच्छा ब्यक्त गरेका थिए । त्यो इच्छा भने तत्कालिन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँध थापिदिएपछि पूरा भयो । माओवादीलाई सबैभन्दा बढी तथानाम गाली गर्ने ओलीले प्रचण्डकै आर्शिबाद पाएर प्रधानमन्त्री बने । तर प्रधानमन्त्री भएपछि भने उनले आफ्नै सहयात्री दल तथा नेताहरुलाई गन्नै छाडिदिए । उखान टुक्का भन्ने शैलीका कारण टुक्के नेतामा परिचित ओली प्रधानमन्त्री भएपछि पनि हावादारी भाषणबाजी गर्दै हिँडे । उनकै समयमा भारतीय नाकाबन्दी भइ खाना पकाउने ग्यास नपाएको बेला घरघरमा पाइपबाट ग्यास ल्याइदिनेदेखि हावाबाट विजुली, नेपालले आफ्नै पानी जहाज चलाउछ जस्ता उडन्ते अभिब्यक्ति दिएर चर्चामा आए । उनलाई सस्तो राष्ट्रवादको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । नेपालमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार गठन गठन हुँदा ओली गृहमन्त्री थिए भने एमालेका अर्का नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल उपप्रधान रक्षा तथा परराष्ट्र मन्त्री थिए । मनमोहन अधिकारीदेखि केपी ओलीसम्मको एमाले सरकारमा आ–आफ्नै विशेषताहरु देखिए । मनमोहनकै पालामा महाकाली जस्ता नदीनाला बेचेको आरोप मात्र होइन, उनका पालामा भएका केही कामहरुको जस अहिले पनि एमालेले लिइरहेको छ । मनमोहनकै पालमा भएको वृद्धभत्तादेखि आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रम अहिले पनि लोकप्रिय भएको छ । मनमोहन प्रधानमन्त्री भएको १५ वर्षपछि २०६६ जेठ ११ गते माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने अवसर पाए । तर माधवकुमार नेपाल संविधानसभाको चुनावमा दुई ठाउँबाट उठेर दुई ठाउँबाटै पराजित भएका थिए । सहमतिका लागि माधव नेपालको आवश्यकता रहेको भन्दै माओावादी अध्यक्ष प्रचण्डले नै सभासद् बनाउन सिफारिस गरे । जनताबाट नरुचाइएका हरुवा नेतालाई प्रधानमन्त्री बनाइएको भन्दै उनको आलोचना पनि निकै भयो । तत्कालिन राजा बीरेन्द्रको बंशनाश पछि एमाले नेता नेपालले दाम चढाएर ढोग गरेकोदेखि ज्ञानेन्द्रको पालामा प्रतिगमन आधा सच्चियो भन्दै प्रधानमन्त्रीको लागि खुलेका विज्ञापनमा आवेदन दिएर पनि चर्चामा आएका थिए । हरुवा प्रधानमन्त्रीका रुपमा परिचित प्रधानमन्त्री नेपालले राजिनामा दिएको सात महिनासम्म पनि कामचलाउ प्रधानमन्त्रीको अर्को नाम पनि लेखाए । नेता नेपालपछि एमालेकै नेता झलनाथ खनाल प्रधानमन्त्री भए । २०६७ माघ २३ गते नेपालपछि प्रधानमन्त्री बनेका खनाल आफ्नै पार्टीका कारण धेरै समय टिक्न पाएनन् । माधव नेपालप्रति तत्कालिन एमाओवादी रुष्ट थियो । आफैले अमृत भनेर विष वृक्ष रोपेँ भनेर माओवादी अध्यक्ष प्रचण्डले पछुतो समेत मानेका थिए । जसका कारण नेपाललाई ढाल्न खनालको प्रयोग भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy