Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

४२ जना पत्रकारलाई पक्राउ आदेश

\"Journalist\"

अङ्कारा, १० साउन । टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।

विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी गरी ५० हजारलाई जागिरबाट बर्खास्त गरेको छ ।

छानबिनका क्रममा कुनै पत्रकारलाई हिरातमा लिइसकिएको बारे अहिलेसम्म कुनै खबर प्राप्त नभए पनि शनिबारसम्म ४२ जना पत्रकार विरुद्ध पक्राउ आदेश दिइएको उक्त टेलिभिजनले बताएको छ ।

पक्राउ आदेश दिइकामध्ये सरकार नियन्त्रित सवाह दैनिकबाट भ्रष्टचार काण्डमा मुछिएका तत्कालीन मन्त्रीहरूको आलोचना गरेपछि सन् २०१३ मा उक्त दैनिकबाट निष्कासित वरिष्ठ पत्रकार नाजली इलिकाक समेत रहेका छन् ।

वर्तमान सरकारले तीन वर्ष पहिलेको भ्रष्टाचार काण्ड चर्चामा ल्याउनमा अमेरिकामा स्वेच्छिक निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि दोष लगाइएको थियो । जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासमा पनि गुलेनको संलग्नता रहेको बताइएको छ ।

गुलेनले सरकारले आफूमाथि विद्रोह गराएको दोषारोपणको खण्डन गर्दै आएका छन् ।

टर्कीबाट प्रकाशित हुरियट दैनिकले असफल राज्य विद्रोहको प्रयासमा संलग्नता रहेको भन्दै सरकारको आतङ्वाद– विरोधी अभियानका अभियोजक इर्फोन फिदानले पत्रकार विरुद्ध पक्राउ आदेश दिएको बताएको छ ।

सरकार विरोधी फिदानले पत्रकार विरुद्धको कारबाही सुरु गरिसकिएको तर वरिष्ठ पत्रकार इलिकाक घरमा नरहेकाले पक्राउ नपरेका बताए । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending