Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पार्टी अध्यक्ष ओलीका अगाडि माधव समूह झुक्यो

काठमाडौं, एमालेमा पार्टी अध्यक्ष रहेका खड्गप्रसाद ओली र पार्टी बरिष्ट नेता माधवकुमार नेपाल बीचको जुँगाको लडाई बल्झिदै जान थालेको छ । त्यसको स्पष्ट झल्को युवासंघको शनिबार हुने भेलामा देखिएको छ । पार्टी अध्यक्ष ओली निकटको भेला हेटौंडामा हुदैछ भने नेपाल निकटको भेला राजधानीमा हुने भनिए पनि अन्तिम घडीमा आएर स्थगित भएको छ । यससँगै एमालेमा नेपाल समूह पार्टी अध्यक्ष ओलीका अगाडि झुकेको छ । हेटौंडामा जारी हुने भेलालाई पार्टी अध्यक्ष ओलीले नै स्थगित गर्नु नपर्ने निर्देशन दिए पछि सुचारु भयो भने राजधानीमा हुने भेलामा बरिष्ट नेता नेपाल कमजोर देखिएपछि अन्तिम समयमा स्थगित भएको हो । हेटौंडा भेलामा सहभागि रहेका युवा संघका प्रवक्ता रमेशकुमार पौडलेले माधव पक्षले आफ्नो बहुमत सिद्ध गर्न सकेमा आफुहरुले जुन पद दिन पनि तयार रहेको खबरडबलीलाई बताए । ‘७५ जिल्ला मध्ये आफ्नो बहुमत सिद्ध गर्न सकेमा हामीले अर्को गुटका साथिहरुलाई जुन पद दिन पनि तयार छौं ।’– प्रवक्ता पौडेलले भने । उलने हेटौंडामा हुने भेलामा फ्याक्सन इञ्चार्जको समेत सहमति रहेको बताए । ‘हाम्रो भेला इञ्चार्जको सहमति रहेको छ । यो भेला स्थगित हुने कुरा हुदैन ।’– उनले भने । यता राजधानीमा हुने माधव नेपाल निकटका युवाहरुले भेला सुचारु गर्ने अथवा स्थगित गर्ने भन्ने विषयमा बिहान देखि छलफल गरेर पार्टी एकतालाई सुदृढ गर्ने भन्दै भेला स्थगित गर्ने निर्णय गरेको भेलाका आयोजक मध्ये रहेका युवा संघका सचिव हस्तबहादुर शाहीले जानकारी दिए । यस अघि युवा संघका फ्याक्सन इञ्चार्ज रहेका शेरबहादुर तामाङले दुवै भेला स्थगित गर्न निर्देशन दिएका थिए । दुवै पक्षलाई आफ्ना नेताले आड दिएपछि अनुशासन आयोगको निर्देशन तथा फ्याक्सन इञ्चार्जको निर्देशन अवज्ञा गर्दै पार्टी अध्यक्ष ओली निकटका युवाहरुको भेला जारी हुने भएको हो । अध्यक्ष ओली पक्षका युवा संघले हेटौंडामा राष्ट्रिय परिषद् भेला गर्ने तथा नेपाल पक्षका युवा संघले काठमाडौंमा भेला गर्ने बताउँदै आएका थिए । संघका तत्कालिन अध्यक्ष महेश बस्नेतले उपाध्यक्ष निरु पाललाई एकाएक खल्तीबाट झिकेर संघको अध्यक्ष बनाएको आरोप लगाउँदै युवा संघमा समानान्तर कमिटी बनेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: