Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कोशी ब्यारेजमा आतंकवादी हमलाको डर देखाएर भारतीय सुरक्षा बढाइयो

\"koshi काठमाडौं, ११ साउन । केही दिनदेखिको अविरल वर्षाको कारण कोशीको बहावले खतराको विन्दु पार गरेपछि जोखिम बढिरहेका बेला भारतीय सुरक्षाकर्मीहरुले आतंकबादी हमलाको सन्त्रास फैलाएर आफ्नो उपस्थिति बढाएका छन् । आतंकवादी संगठनहरुले भारतीय सीमा नाकामा पर्ने कोशी ब्यारेज भत्काइदिने धम्की आएको भन्दै भारतले सन्त्रास फैलाएको छ । आतंकवादीबाट आएको यस्तो धम्कीपछि कोशी ब्यारेजमा दुवै देशका सुरक्षा बढाइएको भनी सोमवार भारतको चर्चित समाचार च्यानल आजतकले खबर सम्प्रेषण गरेको थियो । नेपाली सुरक्षा अधिकारीहरुलाईसमेत उद्धृत गर्दै भारतीय आजतकले आतंकवादीहको धम्कीले दुवै देशका सुरक्षा अधिकारीहरुको ‘निदहराम’ भएको जनाएको थियो । सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछि भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको समाचारमा जनाइएको छ । स्रोतकाअनुसा आतंकवादी हमलाको सन्त्राससँगै भारतीय सुरक्षाकर्मीहरु कोशी ब्यारेजको वारीपारी ठूलो संख्यामा परिचालन गरिएको छ । नेपालका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार प्रकाशित गरिए पनि सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने त्यस्तो कुनै खतराको सूचना आफूहरुलाई नआएको बताए । कोशी ब्यारेजको सुरक्षार्थ प्रहरी चौकी रहेको र त्यसबाहेक अन्य कुनै सुरक्षा नबढाइएको पनि उनले बताए । सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आईसले कोसी ब्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेपछि कोसी ब्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको बताइए पनि सुनसरी प्रहरी प्रमुख पोखरेलले सुनसरी प्रहरीलाई त्यस्तो कुनै सूचना नआएको बताए । भारतले नेपालको बदलिँदो राजनीतिक परिस्थितिको फाइदा उठाएर आफ्नो सुरक्षाकर्मीको उपस्थिति बढाउने षड्यन्त्र गरेको हुन सक्ने नेपालका राजनीतिक दलका नेताहरुले समेत आशंका गरेका छन् । कोशी ब्यारेजमा आतंकवादी हमला हुने धम्की आएको खबर सार्वजनिक भए लगत्तै एमाले नेता शंकर पोखरेलले कोशी ब्यारेजको सुरक्षाका नाममा भारतीय सुरक्षाकर्मीको उपस्थिति गराउने कोशिश पनि हुन सक्ने आशंका गरेका छन् । ५६ वटा ढोका रहेको कोशी ब्यारेज कथंकदाचित भत्किएमा भारतलाई ठूलो नोक्सान पुर्याउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending