Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नारायणीमा खतराको साइरन बज्यो

\"Narayaniचितवन, ११ साउन । चितवनको नारायणणी नदीमा बाढीले खतराको सङ्केत नाघेपछि साइरन बजाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विनोदप्रकाश सिंहले नारायणीले खतराको सङ्केत नाघेपछि साइरन बजाई सम्बन्धित मातहतका निकायलाई परिचालन गरिएको जानकारी दिए ।

उहाँका अनुसार पश्चिम चितवनको गोलाघाट र मङ्गलपुरको शरणपुरमा बाढी पस्ने सम्भावना बढेकाले सेना प्रहरी र विपद् जोखिम व्यवस्थापनका टोली खटाइएको छ । दिउँसो १ बजेबाट खतराको चिह्न ८ दशमलव ४ मिटर बाढीको सतह हुनुपर्नेमा झन्डै ८ दशमलव ५ पुगेको समितिले जनाएको छ ।

यसअघि आज बिहान १० बजेको समयमा नारायणी नदीको सतह ७ दशमलव ४ मिटर पुगेको जलमापन केन्द्र देवघाट चितवनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार ७ दशमलव ३ मिटर बाढीको तह भएमा चेतावनीको तह मानिन्छ । १० बजे बाढीको सतह ७।४ मिटर पुगेर चेतावनीको लेवल नाघेकामा अहिले ८ दशमलव ५ पुग्न लागेकाले खतराको घन्टी बजाइएको समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

“अहिले खतराको तह नाघेको छ, सबै क्षेत्रमा सतर्क रहन आग्रह गर्दछु”, लुइँटेलले भने । अहिले बाढीको सतह बढ्दो क्रममा रहेको छ । दुई दिनअघि यहाँ चेतावनीको तह नाघेर ७ दशमलव ५ मिटर पुग्दा पश्चिम चितवनको शरणपुरमा पानी पसेको थियो भने ड्यामका जालीसमेत बगाएको थियो ।

सो क्षेत्रमा अहिले बोरामा गिट्टी भरेर अस्थायी ड्याम बनाइएको छ । सूचना अधिकारी लुइँटेलका अनुसार ८।४ मिटर बाढीको सतह भएपछि यहाँ खतराको सङ्केत दिने गरिएको छ ।

वर्षा मापन केन्द्रमा असर

चितवनको नारायणणी नदीमा अहिलेम्मकै उच्च बहावको बाढी आउँदा जिल्लामा रहेको वर्षा मापन केन्द्रको सूचना दिने प्रणालीमा असर पुगेको छ ।

आज दिउँसो ३ बजेसम्म सूचना दिँदै आएको चितवन देवघाटको वर्षा मापन केन्द्रमा उच्च बाढीमा आएको छालले सूचना दिने प्रविधिमा असर गरेको केन्द्रले जनाएको छ । मर्मत गरेर सिस्टम सवा ४ बजेबाट पुनः सञ्चालनमा ल्याइएको छ ।

वेबसाइटमार्फत जुनसुकै कुनाबाट पनि नारायणी नदीको सतह हेर्न सकिने उक्त प्रविधि केही समय अवरुद्ध भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानाकारी दिए । अहिलेसम्म नेपाल सरकारको मौसम विज्ञान विभागअन्तर्गत सञ्चालित धधध।जथमचययिनथ।नयख।लउ मार्फत नारायणीको बाढीको अवस्था हेर्न सकिन्छ ।

लुइँटेलका अनुसार करिब ३ बजेको समयमा नारायणीको बाढी ९ दशमलव ५८ मिटर पुगेपछि छालले वेबसाइटमा दिने सूचना प्रणालीमा असर पु¥याएको हो । त्यसपछि नारायणीको बहाव अहिलेसम्मकै सबैभन्दा बढी पुगी ९ दशमलव ६१ मिटर पुगेको लुइँटेलले जानकारी दिए । अहिले केही घटेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सबै निकायलाई आवश्यक तयारीमा रहन निर्देशन दिएको जानकारी दिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending