Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रचण्डले भारतीय सञ्चार माध्यमलाई भने ‘संविधान निर्माणको क्रममा भारतले सल्लाह दिनु गलत’

\"prachanda\"काठमाडौं , ११ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले दुबै छिमेकी भारत र चीनसँग सन्तुलित सम्वन्ध राख्ने बताएका छन्।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सलाई अन्तरवार्ता दिदै प्रचण्डले आफूले एक देशविरुद्ध अर्को देशलाई प्रयोग नगर्ने बताएका हुन् । नेपाल–भारत सम्वन्ध विशिष्ट खालको रहेको भन्दै उनले पछिल्लो समय दुबै पक्षमा केही कमी कमजोरी देखिएको उल्लेख गरे ।

उनले अगाडी भनेका छन् ‘भारतसँग तिक्तता बढाउने र संकीर्ण राष्ट्रवादलाई प्रश्रय दिने पक्ष छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले नेपालमा चिनियाँ प्रभाव बढेको भारतीय चासो सम्बोधन गर्ने प्रयास गर्दै भनेका छन् ‘चीनले नेपाललाई भारतविरुद्ध प्रयोग गर्न चाहेको छैन, ‘उनीहरुले लगातार हामीलाई भारतसँग राम्रो सम्वन्ध राख्न भनिरहेका छन् ।’

प्रचण्ड भन्छन्, ‘यहाँ चीनको चासो भारत होइन, पश्चिमा शक्ति हो ।’ प्रचण्डले चिनियाँ दबावकै कारण गत वैशाखमा नयाँ सरकार बनाउने निर्णयबाट आफू पछि हटेको धेरैको अनुमान रहेको भन्दै त्यसको खण्डन समेत गरेका छन् । उनी भन्छन्, ‘चिनियाँ प्राथमिकता वामपन्थी एकता हो । तर, उसले हामीलाई कहिल्यै कुनै दबाव दिएको छैन ।’

उनले अघि भनेका छन् ‘चीनको मुख्य चासो तिब्बत हो, जसको लामो सीमा नेपालसँग जोडिएको छ । र, यही कारण उसले नेपालको राजीतिक र विदेशी शक्तिको भूमिकालाई नजिकबाट नियालिरहेको छ।’

उनले नेपालको आन्तरिक राजनीतिमा चीन हावी भएको भारतीय दाबीको खण्डन गर्दै प्रचण्डले भारतको केही कमजोर पक्ष पनि औल्याएका छन् । उनी भन्छन्, ‘संविधान निर्माणको अन्तिम चरणमा केही दिन प्रक्रिया रोक्न सल्लाह दिनु भारतको गल्ती हो । भारत यो तहको ‘माइक्रोम्यानेजमेन्ट’ मा संलग्न नभएको भए हुन्थ्यो’ प्रचण्डले भनेका छन्।

संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा माओवादी अध्यक्ष प्रचण्डले आलोचना गरेका थिए । र, सैनिक मञ्चबाटै नेपाल कसैको ‘एस म्यान’ नबन्ने सन्देश भारतीय नेताहरुलाई दिएका थिए ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले मधेस समस्या समाधानको खाका पनि अघि सारेका छन् । प्रचण्डले मधेसी मोर्चाका केही चासोहरु क्याबिनेटबाट सम्बोधन गर्ने योजनामा रहेको बताए । यसमा मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने र पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिने एवं रिहा गर्ने लगायत छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending