Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

म्याग्दीमा पहिरोमा परी एकको मृत्यु, छ घाइते

\"magdi-400\"म्याग्दी, १२ साउन । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आएको थियो । पहिरोबाट गम्भीर घाइते भएकी ११ वर्षीया अङ्किता तामाङको उपचारको क्रममा पोखरा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरी चौकी बेनीले जानकारी दिएको छ । नुवाकोट त्रिशूली घर भई कपास उद्योग सञ्चालन गरेका कमनबहादुर तामाङको उद्योगमा अङ्कितासहित १० जना सुतिरहेका थिए । राति सोही अवस्थामा एक्कासि कपास उद्योग माथिको ढिस्को खस्दा उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । पहिरोबाट तीन जना सकुसल रहेका छन् भने अन्य घाइते छ जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको प्रहरी जवान होमबहादुर थापाले जानकारी दिए । पहिरोबाट नुवाकोट धोडेनी नगरपालिका विदुर–१० की १६ वर्षीया सुस्मिता तामाङ, सोही स्थानकी ३२ वर्षीया फूलमाया तामाङ, देउराली–२ का २० वर्षीय प्रेम तामाङ, देउराली–२ का ३५ वर्षीय सुवास थापा, देउराली–२ की १२ वर्षीया सृष्टी घले र अङ्गीत तामाङ घाइते भएका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । पहिरोबाट उद्योगमा कति क्षति भएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरी चौकीले जनाएको छ । केही दिनयता लगातार परिरहेको पानीका कारण उद्योगमाथिको ढिस्को चर्किएर खसेको हुनसक्ने अनुमान गरिएको छ । बाढीले लघुजलविद्युत् परियोजना बन्द अविरल वर्षापछि आएको बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको ओखरबोटका ३८० घरधुरी समस्यामा परेका छन् । ओखरबोट–३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् आयोजनाको पानी ल्याउने मुहानदेखि करिब १५० मिटर नहर बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । दाजुङखोलामा आज आएको बाढीले परियोजनाको नहर बगाएपछि ओखरबोट, च्युरीबोट, छाप, महभिरलगायत रुम गाविसको खटेनगाउँका गरी स्थानीयवासी विद्युत् सुविधाबाट वञ्चित भएको परियोजनाका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो । यो परियोजना विसं २०५७ मा निर्माण गरिएको थियो । “भत्किएको नहर तत्कालै मर्मत गर्न बजेट अभाव छ, विद्युत् उत्पादन बन्द भएपछि समस्यामा परेका छाँै, अध्यक्ष राम्जालीले भने ।” त्यस्तै बाढीले स्थानीय राम विक, मनबहादुर पुनको मकै खेत भएको जमिन बगाएको छ भने जोखे दर्जीको खेतलाई समेत कटान गरेको राम्जालीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE