Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

प्रचण्डले भने ‘अनुभव नहुँदा जनभावनाअनुसार काम गर्न सकेनौं’

\"30TH_PRACHANDA_1443261e-600\"काठमाडौँ, १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसंँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने –“गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हँुदा शान्तिको महत्व बुझ्न समय लाग्यो ।”

निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताए। उनले भने – “अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ ।”

स्वास्थ्य क्षेत्रले अथक मिहेनत गरेका कारण नेपालीको औसत आयु ५१ बाट बढेर ७१ वर्षमा पुगेको भन्दै उनले अझ धेरै काम गर्न बाँकी रहेको विचार राखे ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीले धादिङ ज्यामरुङकी १६ वर्षीया श्रीष कार्कीको काखीबाट ओपन हर्ट सर्जरी गरेको थियो । नेपालमा पहिलो पटक भएको भनिएको सो शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले डा भट्टराई नेतृत्वको टोलीले गएको छ महिनामा १७ जनाको ओपन हार्ट सर्जरी गरेको जानकारी दिए । तीमध्ये कालिकोट र धादिङका १२ जनाको निःशुल्क उपचार गरिएको थियो । ओपन हार्ट सर्जरी गर्दा रु चार लाख खर्च लाग्ने बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE