Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राजधानीमा युरोपेली चलचित्र महोत्सव सुरु

काठमाडौं, युरोपेली सङ्घको आयोजनामा राजधानीमा ‘युवाको आवाज’ शीर्षकमा शुक्रबारदेखि चौथो चलचित्र महोत्सव सुरु भएको छ । राजधानीस्थित युरोपेली प्रतिनिधिमण्डलको आयोजना तथा ब्रिटिस काउन्सिल र सङ्घका आबद्ध २७ मुलुकको सहकार्यमा आयोजित पाँचदिने मेलाको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले उद्घाटन गरे । त्यस अवसरमा उनले महोत्सवमा प्रदर्शन गरिने १९ मुलुकका चलचित्रले विश्वभरका युवाका चासो सम्बोधन गरेको बताउँदै युरोपका बारेमा जानकारी लिन पनि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी,  राजधानीमा अवस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, विभिन्न राजनीतिक दलका नेता, कलाकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । महोत्सवमा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, आयरल्यान्ड, ग्रीस, स्लोभाकिया, लिथवानिया, हङ्गेरी, लम्जेम्बर्ग पोर्चुगल, स्पेन, नेदरल्यान्डस् र संयुक्त अधिराज्यका चलचित्र प्रदर्शन गरिनेछ । कमलपोखरीस्थित कुमारी चलचित्र घरमा बिहान ११ बजे र अपराह्न साढे तीनबजे गरी दैनिक दुईवटा चलचित्र प्रदर्शन हुने र ‘पहिले आउने सेवा पाउने’ आधारमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending