Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

किन हच्किए विप्लव एकताबाट ?

काठमाडौं, विभिन्न माओवादी घटकहरु माओावादी आन्दोलनको व्यापक ध्रुवीकरण तथा पुनर्गठनको अभियानमा जुटेका समाचारहरु आइरहँदा माओवादी घटकहरुमध्येको एउटा प्रभावशाली घटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी भने एकता प्रक्रियाबाट ‘हच्केको’ माओवादी नेतृ जयपुरी घर्ती मगरले बताएकी छन् । ‘पार्टी पुर्नगठनको अभियान सुरु भएपछि सबैजसो माओवादी घटक र युवा तथा प्रभावशाली नेताहरु सकारात्मक देखिए तर विप्लव नेतृत्वको पार्टी चाहिँ अलि हच्किएको देखियो’ एमाओवादी विभाजन हुँदा वैद्य नेतृत्वको माओवादीमा आबद्ध र पूर्वमन्त्री समेत रहेकी जयपुरी भन्छिन्– ‘विप्लवदाइ तत्कालै पार्टी एकता गरिहाल्ने पक्षमा देखिनुभएको छैन, छलफल, कुराकानी गर्दै, नीतिगत विषयहरु मिलाउँदै जानुपर्छ, सबैले आ–आफ्नो ठाउँबाट समीक्षा गर्नुपर्छ भन्नेसम्ममा चाहिँ उहाँ पनि सकारात्मक नै हुनुहुन्छ ।’ तपाईंहरु एकताविरोधी हो त ? खबरडबलीको जिज्ञासामा विप्लव माओवादीका एक नेताले भने– ‘किमार्थ होइन । माओवादी पार्टी र माओवादी आन्दोलनलाई एकताबद्ध गराएर क्रान्ति सफल पार्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं । तर कस्तो एकता, कसरी एकता र किन एकता भन्ने कुरा मुख्य हो ।’ ती नेताले भने– ‘क्रान्तिलाई केन्द्रमा राखेर विचार, सिद्धान्त र नीतिमा पहिल्यै स्पष्टता एवम् एकरुपता हासिल गरेर मात्रै संगठनात्मक एकताको पहल हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । तर यतिबेला ती महत्वपूर्ण पक्षहरूलाई ‘मिनिमाइज’ गर्दै केवल संगठनात्मक प्रश्नलाई मात्रै अगाडि बढाइएको छ । यो ढंगले चाहिँ एकता सम्भव हुँदैन भन्ने हाम्रो स्पष्ट बुझाइ हो ।’ तत्कालै सबै माओवादीहरुलाई एकताबद्ध तुल्याइहाल्ने कुरा सहज नभएको बताउँदै जयपुरी भन्छिन्– ‘पार्टीहरुमा गुट मौलाउँदै गएर अन्ततः फुट्ने गरेका छन् । सबैले निर्मम आत्मसमीक्षा गरेर नयाँ आधारमा नयाँ एकता गर्दै जनताको विजय सुनिश्चित गर्न सबै माअाेवादीहरू एकै ठाउँमा त आउनैपर्छ ।’ उनी भन्छिन्– ‘नयाँ आधारमा नयाँ एकता गर्नुपर्छ भन्नेसम्ममा त सबैजसो नेताहरु सहमतै देखिन्छन् तर यसलाई व्यावहारिकतामा ढालेर सांगठनिक र भावनात्मक एकतामा पुर्‍याउन निकै मेहनत गर्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy