Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

कमल थापाले संघीयता र गणतन्त्र स्वीकारे

\"kamal-thapa-1\"काठमाडौं, १३ साउन । राजतन्त्र र हिन्दु राज्यको एजेण्डा बोकेको राप्रपा नेपालले संघीयता र गणतन्त्र स्वीकार गरेको छ । संघीयता र गणतन्त्र स्वीकार गरेपछि राप्रपासँग एकता हुने निश्चित भएको हो । आफ्नो एजेण्डालाई स्थापित गर्न भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधान जारी भएपछिको सरकारमा समेत सहभागी भएका थिए । थापाले संघीयता र गणतन्त्री स्वीकार गरेपछि राप्रपा र राप्रपा नेपालबीच एकता हुने भएको राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले बताए । बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै राणाले थापाले संघीयता र गणन्त्र स्वीकार गरेकाले पार्टी एकता हुने भएको बताए । हिन्दु–गणराज्य बनाउने दुवै पार्टीको सैद्धान्तिक सहमति भउकाले छिट्टै नै एकता महाधिवेशन हुने उनले बताए । आगामी चैत्रमा एकता महाधिवेशन हुने र महाधिवेशनबाटै अन्य एजेण्डाको टुंगो लगाइने उनले बताए । पार्टी एकतापछि आफू राष्ट्रिय आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने सहमति भएको पनि राणाले खुलाए । राणाले अब बन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई आफ्नो पार्टीले समर्थन गर्ने जानकारी दिए । नयाँ सरकारमा जानेबारेमा भने निर्णय भइनसकेको उनले बताए । केपी ओली नेतृत्वको सरकारले मधेस मुद्दालाई बेवास्ता गरेको, जनतालाई राहत नदिएको, संविधान कार्यान्वयन तर्फ नलागेको राणाले आरोप लगाए । पार्टी एकता गर्ने निश्चित भइसकेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने ओली नेतृत्वको सरकारले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy