Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

मधेसका ‘राष्ट्रघाति’ जनता दशगजामा बाँध भत्काउन जाँदा के हेरिबसेको छ ‘राष्ट्रवादी’ सरकार !

\"saptari_badha_jhadap\"काठमाडौं, १४ साउन । राष्ट्रवादी कहलाइएका कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले मधेसी जनतालाई अराष्ट्रवादीको परिभाषामा बुझ्छन् । उनले अराष्ट्रवादी भन्ने गरेका तिनै मधेसी जनताले विहिबार सप्तरीमा भारतीयहरुले दशगजामा आएर एकातर्फीरुपमा बाँधेको बाँध भत्काए र भारतीयहरुसँग लडे । यता राष्ट्रवादी सरकार सिहंदरबारबाट राष्ट्रवादी भाषण गरेर बसिरहँदा उता सप्तरीको तिलाठी सिमाको दशगजामा भारतीयहरुसँग लाठी लडाई लडिरहेका थिए । दुखको कुरा राष्ट्रवादी सरकारका अलौकिक राष्ट्रवादी केपी शर्मा ओलीले घटना घटेको २४ घण्टा बित्नलाग्दा  समेत कुटनीतिक पहलको कुरै छोडौं बोल्न जरुरी समेत ठानेका छैनन् ? मधेस आन्दोलनमा आफ्नो हकका लागी मधेसी जनता लडिरहँदा यिनै प्रधानमन्त्री ओलीले उनै मधेसी जनतालाई अराष्ट्रवादी भन्ने गर्थे । अहिले प्रश्न उठेको छ कि –ती सिमानाका लड्ने मधेसी राष्ट्रवादी कि यि सिहंदरबारमा राष्ट्रियताको भाषण गर्ने ओली राष्ट्रवादी ? के भएको थियो सप्तरीमा ? आजभन्दा ७ वर्षअघि सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बीहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीयहरु पक्षले एकतर्फी रुपले अस्थायी बाँध बनाएका थिए । दशगजा क्षेत्रमा यसरी बाँध निर्माण गर्न नपाईने कानुन उल्लघंन गर्दै बाधिँएको उक्त बाँधका कारण वर्षायाममा नेपालका तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी को. बसराइन, लौनिया, हनुमाननगर लगायतका गाबिस डुबानमा पर्दै आएको थियो । ७ वर्षअघि भारतले बनाएको उक्त अस्थायी बाँधलाई पक्की बनाउन यसपाली भारतीयहरु आए । नेपालको स्थानीय प्रशासन तथा सिमा सुरक्षाकर्मीले पटकपटक बाँध नबाध्न आग्रह गर्दा पनि भारतीय पक्षले मानेन । बरु नेपालीहरुको विरोधको सामना गर्न नपरोस् भनेर भारतीयहरु तथा सरकारी प्राविधिकहरुले रातिराति बाँध निर्माण कार्य गर्ने र दिउसो बालुवामा भोरा भर्ने तथा निर्माण सामाग्री ओसार्ने लगायतका काम गर्दै आएका थिए । स्थायीरुपमा बाँध बाध्ने काम रहेपछि बिहिबार स्थानीय नेपालीहरुले भारतले बाँध्न लागेको स्थायीबाँध भत्काए र निर्माणका लागी ल्याएको सामाग्री कब्जा गरी फ्याकिदिएँ । नेपालीहरुले बाँध भत्काएपछि भारतीयहरु पनि आक्रमणमा आए । दोहोरो झडपमा सप्तरी तिलाठी १ का हर्षबर्दन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन् । घाईतेलाई राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ । बाँधबारे विवाद झडपमा परिवर्तन भएपछि अहिले स्थानीय नेपाली प्रशासनले भारतीय स्थानिय प्रशासनलाई निर्माण कार्य तत्काल रोक्न भनिरहेको सप्तरी जिल्ला प्रशासन अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE