Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

संगीतको धुनले मेरो शरीरका हर नसा सक्रिय गराउँछ : शिला राई

\"shila

काठमाडौं, १४ साउन । नेपाली संगीत क्षेत्र धेरै कोणबाट धनी क्षेत्र हो । यस क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो पसिना खर्चेका छन् । विश्व सामु नेपाली संगीतको उपस्थिति बढ्दो छ । हामीले नेपाली संगीतको क्षेत्रमा समर्पित विभिन्न श्रष्टाहरुका संगीत साधनाको अनुभूति समेट्ने प्रयास गरेका छौं । यस पटकको ‘मेरो संगीत साधना’मा धनकुटा चुङमाङ ४ की गायिका शिला राई :

संगीत साधनाको अनुभूति उनको आफ्नै शब्दमा

मलाई बच्चैदेखि गीत गाउने रहर थियो । सानैदेखि गायिका बन्छु भन्ने सपना थियो । त्यसपछि म सानैदेखि गीत सङ्गीतमा हराउन थालेँ ।

आज विभिन्न स्टेजमा कार्यक्रम गर्दै गीत गाउन थालेको १२ वर्ष पुगेछ । तर संगीत साधनाका लागि गुरुसँग सिक्न थालेको चाँही ९ वर्ष भयो।

सबै भन्दा पहिले इटहरीस्थित ‘संगीत सरगम विद्या मन्दिर’ मा गुरु भोला राईसँग संगीत सिकेकी हुँ । त्यो २०६३ सालतिर हो । त्यहाँ २ वर्षजति संगीत सिकेर म काठमाडौं आएँ । मेरो काठमाडौं आउनुको एउटै उद्देश्य थियो, संगीतमै क्षेत्रमै समर्पित भएर एल्बम निकाल्ने । म २०६५ सालमा काठमाडौ आईपुँगे ।

काठमाडौंमा आएर गुरुकुल संगीत पाठशालामा गुरु गुरुदेव कामतसँग संगीत सिक्न थालँे । काठमाडौको ‘स्ट्रगल त्यति सजिलो थिएन । बिचमा २ वर्ष विविधकारणले संगीत सिकाइ प्रकृयालाई निरन्तरता दिन सकिन । पछि फेरि सिकेँ । त्यसपछि मैले २०६९ सालमा मेरो पहिलो एल्बम ‘कस्तो मन’ बजारमा ल्याएँ । सुन्ने स्रोताहरुले राम्रो प्रतिक्रिया दिए । तर विविध कारणले धेरै ‘प्रमोसन’ गर्न सकिन ।

\"shilaएल्बम निकालिसकेपछि पनि संगीत सिकाइ प्रकृया भने जारी राखेँ । त्यसको तीन वर्षपछि दोस्रो एल्बम बजारमा ल्याएँ । २०७२ साल मा ‘प्रेम’ एल्बम ल्याएँ । यो एल्बमले भने मलाई निकै हौसला दियो । बजारमा गएपछि धेरै श्रोताहरुले मन पराए । धेरै नै चर्चा परिचर्चा भयो । ‘प्रेम’ले मलाई नेपाली संगीत क्षेत्रमा चिनायो ।

अहिले संगीतको क्लास नियमित गर्न अलि सकेकी छैन । अहिले कलेक्सन एल्बमहरुमा गीत गाउँदैछु । धेरै नै मौका पाउदैछु भन्नुपर्छ । आजभोली नियमित संगीतको क्लासमा जान नपाएपनि दिनको १ देखि २ घन्टा ‘रियाज’ गर्छु । अभ्यास गर्ने समय यही नै भन्ने त छैन, बिहान दिउँसो बेलुका जति खेर पनि हुनसक्छ ।

मेरो संगीतमा आदरणीय गुरुहरु दुई जना हुनुहुन्छ । म उहाँहरु दुबै जनालाई उतिकै सम्मान गर्छु । उहाँहरुको कारण र मेरो लगनशीलताले नै आज म यहाँसम्म आइपुगेकी हुँ ।

संगीत क्षेत्रमा लागि सकेपछि त्यसको अनुभूति सबैको जीवनमा अलग अलग हुनसक्छ । मेरो जीवनमा भने हरेक गीत संगीतको धुन र बाजाहरुको आवाजले मेरो शरीरको हर नसाहरुलाई सक्रिय गराउछ र यही संगीतको भाका र मेरो शरीरको नसाले मलाई स्वस्थ बनाएको छ । यही कारण म संगीत र जीवनलाई एक अर्काको परिपुरक ठान्छु ।

संगीत क्षेत्रमा सबैले आफ्नो आफ्नो तरिका ले ‘स्ट्रगल’ गरेका छन् । मैले पनि ‘स्ट्रगल’ नगरेको भए आज यहाँ आइपुग्ने थिइन होला । सङ्गीत क्षेत्रमा पस्ने हर कोहीले त्यो स्ट्रगल गर्नु परेको होला भन्ठान्छु ।

प्रस्तुति : राजु स्याङ्तान 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: