Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

संगीतको धुनले मेरो शरीरका हर नसा सक्रिय गराउँछ : शिला राई

\"shila

काठमाडौं, १४ साउन । नेपाली संगीत क्षेत्र धेरै कोणबाट धनी क्षेत्र हो । यस क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो पसिना खर्चेका छन् । विश्व सामु नेपाली संगीतको उपस्थिति बढ्दो छ । हामीले नेपाली संगीतको क्षेत्रमा समर्पित विभिन्न श्रष्टाहरुका संगीत साधनाको अनुभूति समेट्ने प्रयास गरेका छौं । यस पटकको ‘मेरो संगीत साधना’मा धनकुटा चुङमाङ ४ की गायिका शिला राई :

संगीत साधनाको अनुभूति उनको आफ्नै शब्दमा

मलाई बच्चैदेखि गीत गाउने रहर थियो । सानैदेखि गायिका बन्छु भन्ने सपना थियो । त्यसपछि म सानैदेखि गीत सङ्गीतमा हराउन थालेँ ।

आज विभिन्न स्टेजमा कार्यक्रम गर्दै गीत गाउन थालेको १२ वर्ष पुगेछ । तर संगीत साधनाका लागि गुरुसँग सिक्न थालेको चाँही ९ वर्ष भयो।

सबै भन्दा पहिले इटहरीस्थित ‘संगीत सरगम विद्या मन्दिर’ मा गुरु भोला राईसँग संगीत सिकेकी हुँ । त्यो २०६३ सालतिर हो । त्यहाँ २ वर्षजति संगीत सिकेर म काठमाडौं आएँ । मेरो काठमाडौं आउनुको एउटै उद्देश्य थियो, संगीतमै क्षेत्रमै समर्पित भएर एल्बम निकाल्ने । म २०६५ सालमा काठमाडौ आईपुँगे ।

काठमाडौंमा आएर गुरुकुल संगीत पाठशालामा गुरु गुरुदेव कामतसँग संगीत सिक्न थालँे । काठमाडौको ‘स्ट्रगल त्यति सजिलो थिएन । बिचमा २ वर्ष विविधकारणले संगीत सिकाइ प्रकृयालाई निरन्तरता दिन सकिन । पछि फेरि सिकेँ । त्यसपछि मैले २०६९ सालमा मेरो पहिलो एल्बम ‘कस्तो मन’ बजारमा ल्याएँ । सुन्ने स्रोताहरुले राम्रो प्रतिक्रिया दिए । तर विविध कारणले धेरै ‘प्रमोसन’ गर्न सकिन ।

\"shilaएल्बम निकालिसकेपछि पनि संगीत सिकाइ प्रकृया भने जारी राखेँ । त्यसको तीन वर्षपछि दोस्रो एल्बम बजारमा ल्याएँ । २०७२ साल मा ‘प्रेम’ एल्बम ल्याएँ । यो एल्बमले भने मलाई निकै हौसला दियो । बजारमा गएपछि धेरै श्रोताहरुले मन पराए । धेरै नै चर्चा परिचर्चा भयो । ‘प्रेम’ले मलाई नेपाली संगीत क्षेत्रमा चिनायो ।

अहिले संगीतको क्लास नियमित गर्न अलि सकेकी छैन । अहिले कलेक्सन एल्बमहरुमा गीत गाउँदैछु । धेरै नै मौका पाउदैछु भन्नुपर्छ । आजभोली नियमित संगीतको क्लासमा जान नपाएपनि दिनको १ देखि २ घन्टा ‘रियाज’ गर्छु । अभ्यास गर्ने समय यही नै भन्ने त छैन, बिहान दिउँसो बेलुका जति खेर पनि हुनसक्छ ।

मेरो संगीतमा आदरणीय गुरुहरु दुई जना हुनुहुन्छ । म उहाँहरु दुबै जनालाई उतिकै सम्मान गर्छु । उहाँहरुको कारण र मेरो लगनशीलताले नै आज म यहाँसम्म आइपुगेकी हुँ ।

संगीत क्षेत्रमा लागि सकेपछि त्यसको अनुभूति सबैको जीवनमा अलग अलग हुनसक्छ । मेरो जीवनमा भने हरेक गीत संगीतको धुन र बाजाहरुको आवाजले मेरो शरीरको हर नसाहरुलाई सक्रिय गराउछ र यही संगीतको भाका र मेरो शरीरको नसाले मलाई स्वस्थ बनाएको छ । यही कारण म संगीत र जीवनलाई एक अर्काको परिपुरक ठान्छु ।

संगीत क्षेत्रमा सबैले आफ्नो आफ्नो तरिका ले ‘स्ट्रगल’ गरेका छन् । मैले पनि ‘स्ट्रगल’ नगरेको भए आज यहाँ आइपुग्ने थिइन होला । सङ्गीत क्षेत्रमा पस्ने हर कोहीले त्यो स्ट्रगल गर्नु परेको होला भन्ठान्छु ।

प्रस्तुति : राजु स्याङ्तान 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy