Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

प्रधानमन्त्री ओलीको ‘खर्पन’

\"KP-oli-talking-750\"काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको जानकारी दिएका छन् ।

यहाँ आज आयोजित कविता वाचन कार्यक्रममा उनले २०४१ सालमा पोखराको बन्दीगृहमा बसेका बेला लेखेको ‘खर्पन’ शीर्षक कविता पनि सुनाए । सो अवसरमा प्रधानमन्त्री ओलीले आफूले राजनीतिक जीवन सुरु गर्दादेखि नै साहित्यकारसँग सङ्गत गरेको र त्यसतर्फ आकर्षित भएको बताए । सहकर्मी मोदनाथ पश्रिततर्फ लक्षित गर्दै उनले भने, “म कवि चाहिँ होइन, उहाँहरुको सङ्गतले पहिले कहिलेकाहीँ लेख्थँे ।”

पोखराको बन्दीगृहमा रहँदा काठमाडौँकै झल्को आउने गरी एक व्यक्तिले ‘खर्पन’ बोकेर हिँड्ने गरेको र त्यसैबाट प्रभावित भएर आफूले सोही शीर्षकको कविता लेखेको जानकारी दिए ।

म यही खर्पनमा हालेर हर दिन बेलुका बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु म यही खर्पन थापेर हर दिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा– यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो, मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन मान्छेहरुसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरु हो खर्पन मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।

जनसांस्कृतिक मञ्च नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’को २८ औँ शृङ्खलामा प्रगतिवादी कवि प्रा डा बद्रीविशाल पोखरेलले ‘कुरुपताविरोधी’ १० भन्दा बढी कविता वाचन गरेका थिए । उनका कवितामा राजनीतिक व्यङ्ग्य, राष्ट्रिय स्वाभिमान, शृङ्गारिक रस, प्राकृतिक सौन्दर्य तथा सामाजिक विकृति समेटिएका थिए ।

आयोजक मञ्चका अध्यक्ष राम विनयले जनपक्षीय साहित्य सिर्जना गर्ने सर्जकहरुलाई संरक्षण र प्रोत्साहन दिनु आफूहरुको उद्देश्य रहेको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies